
काठमाडौं, ३ चैत । रुसले आइतबार पश्चिमी युक्रेनको एक सैन्य आधारमा घातक हवाई आक्रमण गर्दै जारी आक्रमणलाई तीव्रता दियो । त्यस आधार शिविरमा युक्रेनी सेनाहरूले नेटो सेनाहरूसँग तालिम लिएरहेका थिए । त्यो अनपेक्षित घटनाले द्वन्द्वलाई पोल्याण्डको नजिक ल्यायो र युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई नो-फ्लाई जोनको लागि आफ्नो निवेदन नवीकरण गर्न प्रेरित गर्यो ।
जेलेन्स्कीले आइतबारलाई ‘कालो दिन’ भने र सैन्य आधारमा हुने कुनै पनि गतिविधिले रुसी क्षेत्रलाई धम्की नदिने बताए । यसै बीच एक अमेरिकी पत्रकार पनि आइतबार मारिएका थिए भने अर्का एक जना घाइते भएका थिए । पत्रकार सवार गाडीमाथि कीभ बाहिर रुसी सेनाले गोली प्रहार गरेको थियो । यसैबीच, थुप्रै क्षेत्रहरूमा जारी लडाइँले युक्रेनमा थप पीडा ल्याएको छ र अन्तर्राष्ट्रिय समुदायलाई समेत आक्रोशित बनाएको छ ।
जारी द्वन्द्ले तेस्रो हप्तासम्म आइपुग्दा २५ लाखभन्दा बढी मानिसहरूलाई युक्रेन छोड्न बाध्य पारेको छ । हजारौं निहत्था नागरिक र सैनिक मारिएका छन् । थुप्रै अंगभंग भएका छन् । सहर बमबारुद र आगोको मुस्लोले छोपिएको छ । रुस र युक्रेन बीचको अर्को चरणको वार्ता सोमबारको लागि निर्धारण गरिएको छ । राष्ट्रपति जेलेन्स्कीले वार्ता जारी राख्ने बताउँदै रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको बैठकको लागि प्रतीक्षारत रहेको बताएका छन् ।
पश्चिमी युक्रेनमा के भयो ?
युक्रेनी अधिकारीहरूले आइतबार पोल्याण्डको सीमाबाट मात्र २५ किलोमिटर ९१५ माइल० टाढा रहेको याभोरिभ सैन्य दायरामा ३० भन्दा बढी क्रुज मिसाइल प्रहार गर्दा कम्तीमा ३५ जनाको मृत्यु भएको र १३४ जना घाइते भएको बताएका छन् ।
प्रशिक्षण आधार शिविरमा १८ दिनको आक्रमणमा अहिलेसम्म प्रहार गरिएको सबैभन्दा पश्चिम तर्फको लक्ष्य जस्तो देखिन्छ । सो क्षेत्रमा प्रायः संयुक्त राज्य अमेरिका र अन्य सहयोगी राष्ट्रहरूले युक्रेनी सेनालाई तालिम दिँदै आएका छन् । जसलाई अन्तर्राष्ट्रिय शान्ति स्थापना र सुरक्षा केन्द्रका रूपमा समेत बुझाउने गरिन्छ । त्यस शिविरमा अन्तर्राष्ट्रिय नेटो अभ्यास पनि आयोजना गरिएको छ । जुन विषयको चिन्ता रूसले बारम्बार उठाइरहने गरेको हो । रुसले ३० सदस्यीय नेटो गठबन्धन रूसको सिमानाको नजिक गइरहेको र सुरक्षा खतरा बढिरहेको आँकलन गरिरहेको छ । रुसले युक्रेनलाई नेटोमा सामेल हुने आफ्नो महत्वाकांक्षा त्याग्न आग्रह गर्दै आएको छ ।
आक्रमणपछि ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले सीबीएस न्यूजको ‘फेस द नेसन’ मा कि यदि रूसले नेटो देशहरूमा आक्रमण गरे नेटोले जवाफ दिने बताएका छन् ।
जेलेन्स्कीले पश्चिमी नेताहरूलाई आधार शिविर खतरामा रहेको बताउँदै प्रश्न गरेका छन्, ‘यदि तपाईंले हाम्रो आकाश बन्द गर्नुभएन भने रूसी मिसाइलहरू (तपाईंको क्षेत्र) नेटो देशका नागरिकहरूको घरमा खस्न सक्छ । यद्यपि सैन्य विश्लेषकहरूले भने नो फ्लाइ जोन असम्भव रहेको बताएका छन् । अमेरिका र यसका सहयोगीहरूले यस्तो कदमले युद्ध बढाउन सक्छ भन्ने विश्वास गरेका छन् ।
रुसी हवाई आक्रमणले पश्चिमी युक्रेनको अर्को सहर इभानो फ्रान्किभस्कको विमानस्थलमा पनि आक्रमण ध्वस्त पारेको छ । जुन ल्भिभको दक्षिणमा रहेको युक्रेनको सीमानाबाट २५० किलोमिटर (१५५ माइल) टाढा छ ।
कीभ नजिकैको ब्रोभेरीको एउटा अस्पतालमा डाक्टरहरूले तीन जना घाइतेको उपचार गर्दै थिए । ती खानी माथि आक्रमणमा पारेका थिए । अस्पतालका प्रमुख डाक्टर भ्यालेन्टाइन बगन्युकले अस्पतालका ८० प्रतिशत विरामी गोलाबारीबाट घाइते भएका नागरिक रहेको बताएका छन् ।
भोलोडिमर एडमकोभिच अस्पतालको ओछ्यानमा बसेका थिए । उनको पेटमा ब्यान्डेजले उनको घरमा खसेको बमले गर्दा भएको घाउ छोपेको थियो । उनले भने कि उनी सुरक्षित रूपमा फर्कन अघि आफ्नो तहखानेमा रात बिताएका थिए ।
इरपिनको कीभ उपनगरमा, युक्रेनी सिपाही अलेक्सी लिपिर्डी, ४६, ले रुसीहरूले ूहामी शान्त नहोस् भनेर हामीलाई धम्की दिन चाहन्छन्,ू तर त्यसो हुने छैन । उनी बोल्दै गर्दा टाढाका भवनहरूबाट गोला बारुदका धुवाँ निस्किरहेको थियो । वातावरण स्तव्ध प्रायः देखिन्थ्यो ।
युक्रेनी शरणार्थीहरूको पछिल्लो अवस्था के छ ?
युक्रेनबाट छिमेकी देशहरूमा आउने मानिसहरूको संख्या गत हप्तामा कम भएको देखिन्छ । शरणार्थीहरूको विनाश र मृत्युको पीडादायी विवरणहरू भने जारी नै छन् । पोल्याण्डको प्रजेमिसलको रेल स्टेसनमा शरणार्थीहरूले आफ्नो सुरक्षाको यात्राको क्रममा खचाखच भरिएका रेलहरूमा यात्रा गरेको र ‘एक अर्कामा माथि खचाखच सुतिरहेका मानिसहरूको कारूणिक दृष्य’ वर्णन गरेका छन् ।
रुसी क्षेप्यास्त्रहरूले सैन्य तालिम केन्द्रमा प्रहार गरेको पश्चिमी क्षेत्रबाट जाने क्रममा केहीले विस्फोटको आवाज सुनेको बताएका छन् । यसै बीच डिनिप्रोकी २५ वर्षीया एलिजाभेटा ज्मिभस्कायाले भनिन्, ‘आकाश रातो भयो ।’ फेब्रुअरी २४ मा युक्रेनमा रुसको आक्रमण सुरु भएयता १५ लाखभन्दा बढी शरणार्थी पोल्याण्ड आइपुगेका छन् ।
पोल्यान्डका सीमा गार्डका प्रवक्ता अन्ना मिकाल्स्काले शरणार्थीको संख्या एक हप्ता अघि १ लाख ४२ हजारको तुलनामा शनिबार भने कम भएको बताएकी छिन् । जेलेन्स्कीले मानवीय कोरिडोरले छ दिनमा १ लाख ३० हजारभन्दा बढी मानिसहरूलाई बचाएको छ दाबी गरेका छन् ।
के युक्रेनियन र रुसी नेताहरू वार्ता गर्दै छन् ?
युक्रेनमा पूर्ण युद्धविराम स्थापना गर्ने वार्ता अहिलेसम्म सफल हुन सकेको छैन। क्रेमलिनका प्रवक्ताका अनुसार वार्ताको अर्को चरण सोमबार भिडियो लिंक मार्फत हुनेछ । जेलेनेस्कीले यी वार्ताहरू दैनिक चलिरहेको बताएका छन् । उनले पुटिनसँग भेट्नको लागि बारम्बार फोन गरिरहेका छन् ।
यसैबीच, अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो राष्ट्रिय सुरक्षा सल्लाहकारलाई सोमबार रोम पठाएका छन् । बेइजिङले रुसी गलत सूचनालाई बढावा दिइरहेको छ र मस्कोलाई पश्चिमी प्रतिबन्धहरूबाट बच्न मद्दत गर्न सक्छ भन्ने चिन्ताको बीचमा बाइडेनले आफ्नो राष्ट्रिय सुरक्षा सल्लाहकारलाई सोमबार रोम पठाएका हुन् ।
ह्वाइट हाउसले वार्ता क्षेत्रीय र विश्वव्यापी सुरक्षामा युद्धको प्रभावका विषयमा केन्द्रित हुने बताएको छ । जारी युक्रेन-रुस द्वन्द्व र वार्ताको प्रयास अन्तर्राष्ट्रिय चासोको विषय बनेको छ । युद्धको असर विश्व राजनीतिका अतिरिक्त विश्वबजारमा समेत प्रत्यक्ष देखिएको छ । युद्ध लम्बिदै जाने संकेत देखिएको छ । यसका बाछिटाहरू कहाँसम्म र कहिलेसम्म देखिन्छ सहजै आँकलन गर्न सकिने अवस्था छैन ।








काठमाडौ, ८ मंसिर । युनिलिभर नेपाल लिमिटेड (UNL) को लाभांश सुरक्षित गर्ने आज (मंसिर ८…
पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा… 




