फागुनमा २२ अर्ब रुपैयाँले बढ्यो वाणिज्य बैंकहरुको निक्षेप

-



     सफल आवाज    
     चैत्र ४ गते २०७८ मा प्रकाशित



काठमाडौं, ४ चैत । फागुन महिनामा वाणिज्य बैंकहरुको निक्षेप २२ अर्ब रुपैयाँले बढेको छ । साेही अवधीमा ऋण १७ अर्ब रुपैयाँले बिस्तार भएको छ ।

नेपाल बैंकर्स संघका अनुसार फागुनकाे अन्तिम ४ दिनमा निक्षेप ७ अर्बले बढेको थियो । अघिल्लाे साता १३ गतेदेखि २० गतेसम्म ११ अर्बले बढेकाे थियाे । ऋण फागुन २७ देखि ३० सम्म ४ दिनमा ३ अर्ब रुपैयाँले मात्र बढेको छ । अघिल्लाे साताकाे साेही अवधीमा ऋण ५ अर्बले बढेकाे थियाे । अहिलेसम्म वाणिज्य बैंकहरुसँग ऋण ४१ खर्ब ७२ अर्ब रुपैयाँ पुगेको छ । निक्षेप भने ४३ खर्ब ३३ अर्ब रुपैयाँ पुगेको संघले जनाएको छ ।

फागुनमा नबिल, एभरेष्ट, सिद्धार्थ, लक्ष्मी, कुमारी, सिभिल, प्राइमलगायत बैंकको निक्षेप घटेको छ भने माछापुच्छ्रे, स्ट्यान्डर्ड चार्टर्ड, प्रभु, एनआइसी एसिया बैंकको निक्षेप बढेको छ ।

बैंकर्स संघका अनुसार राष्ट्रिय वाणिज्य बैंक, एनआइसी एसिया, नेपाल बैंककाे ऋण बढेको छ । राष्ट्रिय वाणिज्य बैंकले ७ अर्बले ऋण बढाएको छ । याे अवधीमा माछापुच्छ्रे, सनराइज, स्ट्यान्डर्ड चार्टर्ड, हिमालयनलगायत बैंकले भने ऋण घटाएका छन् ।