थप ३७ जनामा कोरोना संक्रमण पुष्टि

-



     सफल आवाज    
     चैत्र ६ गते २०७८ मा प्रकाशित



काठमाडौं, ६ चैत । पछिल्लो २४ घण्टामा थप ३७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । ४ हजार ६१ जनामा कोरोना परीक्षण हुँदा ३७ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ३ हजार २४१ जना सक्रिय संक्रमित रहेका छन् । पछिल्लो समय देशभर कोरोना संक्रमित घट्दै गएको छ ।