टेलिकमले पहिलो पटक बोनस सेयर वितरण गर्दै, लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

-



     सफल आवाज    
     चैत्र १० गते २०७८ मा प्रकाशित



काठमाडौं, १० चैत । नेपाल टेलिकमले पहिलो पटक बोनस सेयर वितरण गर्न लागेको छ । यसको प्रयोजनका लागि कम्पनीको साधारण सभा चैत २४ मा डाकिएको छ ।

सेयरधनीहरुका लागि टेलिकमको लाभांश सुरक्षित गर्ने बिहिबार आज अन्तिम दिन बाँकी रहेको छ । सो सेयर वितरणको प्रस्ताव पारित गर्नका लागि टेलिकमले सो प्रस्तावलाई साधारण सभामा लैजान लागेको छ । यसअघि कम्पनीले नगद लाभांश मात्रै वितरण गर्दै आएको थियो ।

टेलिकमले चैतको २४ गते डाकेको १४औं साधारण अगाडी चैत ११ गते बुक क्लोज गर्ने भएकोले लगानीकर्ता सेयरधनीहरुले आज बिहिबारसम्म नेपाल स्टक एक्सचेन्जमा सेयर कारोबार गरि कायम भएकाे हुनुपर्ने छ । यसरी कायम भएका सेयरधनीहरु मात्रै साधारण सभामा भाग लिन र टेलिकमले वितरण गर्ने भनेको लाभांश पाउन योग्य हुनेछन् ।

टेलिकमको साधारण सभाबाट हाल कायम भएको चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर तथा प्रतिकित्ता २० रुपैयाँको दरले लाभांश वितरणको प्रस्ताव पारित गरिने भएको छ ।

साधारण सभा उक्त दिन काठमाडौं भद्रकालीस्थित आर्मि अफिसर्स क्लवमा पूर्वान्ह ११ वजे बोईएको छ ।