आइपीओ निष्काशन गर्न उपकार लघुवित्तलाई अनुमति

-



     सफल आवाज    
     चैत्र १० गते २०७८ मा प्रकाशित



काठमाडौं, १० चैत । नेपाल धितोपत्र बोर्डले उपकार लघुवित्त वित्तीय संस्थालाई सर्वसाधारणमा आइपीओको निष्काशन गर्न अनुमति दिएको छ ।

लघुवित्तले सर्वसाधाणमा २ करोड ६६ लाख २५ हजार रुपैयाँ बराबरको २ लाख ६६ हजार २५० कित्ता सेयर निष्काशन गर्न अनुमति पाएको हो । बोर्डले कम्पनीलाई चैत ७ गते आइपीओ निष्काशन गर्न अनुमति दिएको हो ।

कम्पनीले कुल पूँजीको ३६ प्रतिशत सेयर सर्वसाधारणमा जारी गर्न लागेको हो । लघुवित्तको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट क्यापिटल रहेको छ ।