बैंकर्स संघका अध्यक्षको प्रश्न : अहिलेको ब्याजदरले कृषि सस्टेन हुनसक्छ ?

-



     सफल आवाज    
     चैत्र १० गते २०७८ मा प्रकाशित



चितवन, १० चैत । चितवनमा बुधबारबाट सुरु भएको नेपाल र एसियाकै पहिलो तथा विश्वको दोस्रो कृषि कर्जा मेला चलिरहेको छ । मेलामा कृषि कर्जासम्बन्धी संवाद पनि चलिरहेको छ ।

बिहीबारको संवादमा कृषि क्षेत्रमा वित्तीय पहुँच र कृषक कार्यशाला भएको हो । कृषि कर्जाको वर्तमान अवस्था समस्या तथा चुनौतीको पहिचान गर्ने र समस्या समाधानको लागि भावी कार्यदिशा तय गर्ने उद्देश्य लिएको उक्त सत्रले दिएको कार्यक्रम आयोजना आर एण्डी इनोभेसन प्रालिले जनाएको छ । कृषि कर्जा मेलाको मुख्य प्रायोजकको रुपमा नबिल बैंक र कृषि विकास बैंक छन् ।

बैंकर्स संघका अध्यक्षसमेत रहेका कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल उपाध्यायले जबसम्म कृषि बिमा कम्पनी हुँदैन कृषि सँगसँगै कृषि अगाडि बढ्न नसक्ने बताए । उनले कृषिमा उत्पादनमा खाडर रहे पनि कर्जा र अनुदानको मात्रै बहस हुने गरेको बताए ।

‘कृषिमा कर्जा र अनुदानको मात्रै बहस भयो । उत्पादनको बहस भएन । खाडल उत्पादनमा छ,’ उनले भने, ‘किसानले सजिलोसँग कर्जा पाएनौं भन्ने र बैंकले दिन सकिएन भन्ने मात्रै छ । तर, किन भन्ने प्रश्नको जवाफ छैन ।’ उनले कृषि क्षेत्र अहिलेको वित्तीय बजारको ब्याजदरले सस्टेन हुनसक्छ ? भन्दै प्रश्न पनि गरे । कृषिको समस्या ‘एक्सिस टु फाइनान्स’, ‘क्यापासिटी बिल्डिङ’ र ‘डिजिटलाइजेसन’मा भएको उनले उल्लेख गरे । साना किसान र ठूला किसानलाई गर्ने ‘रेस्पोन्स’ र ‘पोलिसी’ फरक हुनुपर्ने धारणा पनि राखे ।

अब साना किसानलाई गर्ने रेस्पोन्स र व्यावसायिक किसानलाई गर्ने रेस्पोन्सको फोलिसी फरक हुनुपर्ने बताउँदै उनले अनुदान साना किसानलाई मात्रै दिएर कृषिमा पृथक सोच बनाउनुपर्ने बताए । संघीय, प्रदेश र स्थानीय सरकारमा अनुदानमा कतै ‘डुब्लिकेसन’ त भएको छैन ? भनी प्रश्न गर्दै उनले अनुदान ‘मोडालिटी’ फरक गरेर उत्पादनसँग लैजानुपर्ने बताए ।