नेपाल बैंक लिमिडेटको २१२ औं शाखा चोरमारामा विस्तार

-



     सफल आवाज    
     चैत्र ११ गते २०७८ मा प्रकाशित



काठमाडाैं, ११ चैत । नेपाल बैंक लिमिटेडको २ सय १२ औं शाखा नवलपरासीको बर्दघाट सुस्तापूर्वस्थित चोरमारामा सञ्चालनमा आएको छ ।

शाखाको नेपाल सरकारका अर्थ सचिव एवं नेपाल बैंक सञ्चालक समितिका पूर्व अध्यक्ष मधुकुमार मरासिनी, मध्यविन्दु नगरपालिकाका नगरप्रमुख चन्द्रबहादुर राना र बैंकका कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले संयुक्त रुपका शुक्रबार उद्घाटन गरे ।

उक्त अवसरमा मध्यविन्दु नगरपालिकाका उप–प्रमुख ओमकुमारी महतो, निमित्त प्रमुख जिल्ला अधिकारी चित्राङ बराल, नेपाल बैंक लिमिटेड गण्डकी प्रादेशिक कार्यालय प्रमुख प्रतिमा श्रेष्ठ, मध्यविन्दु नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बासुदेव खनाल, आन्तरिक राजस्व कार्यालयका प्रमुख टेकबहादुर अर्याल साथै अतिथीको रुपमा मध्यविन्दु नगरपालिकाको वडा नं. ७, ८, १५ का वडाअध्यक्षहरु, बैंक तथा वित्तिय संस्थाका शाखा प्रबन्धकहरु, प्रधानाध्यापकहरु एवं समाजसेवी र बुद्धिजिवीहरुको उपस्थिति रहेको थियो ।

शाखाका प्रबन्धक हिमाल गिरीको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथी मरासिनीले बैंक स्थापना हुनु आर्थिक बिकासको ढोका खुल्नु भएको बताए। बैंकहरुकाे वित्तिय साक्षरता, वित्तिय पहुँचको वृद्धि, जनताले बैंकबाट आफु अनुकुलको वित्तीय सेवा लिनुपर्ने र सरकारी बैंक तथा वित्तिय संस्था खुल्नु मध्यविन्दु नगरपालिका बासीलाई अवसर भएको बताए ।

कार्यक्रमकामा नगर प्रमुख रानाले सरकारी कारोबारका लागि जिल्ला सदरमुकाम कावासोती जानुपर्ने बाध्यता हट्दै नगरपालिका भित्र सरकारी बैंकको रुपमा नेपाल बैंक लिमिटेड स्थापना हुनु नगरबासीका लागि खुशीको कुरा भएको बताए ।

बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले नेपाल बैंक लिमिटेड पूर्वमेची देखि पश्चिम महाकालीसम्म पुगी २१२ शाखा विस्तार गरेको र आगामी दिनमा ७७ जिल्लामै पुगेर सेवा विस्तार गर्ने बताए । कार्यक्रममा स्वागत मन्तव्य नेपाल बैक लिमिटेड गण्डकी प्रादेशिक कार्यालय प्रमुख प्रतिमा श्रेष्ठले राखेकी थिइन् । कार्यक्रमको संचालन नेपाल बैंक लिमिटेड कावासोती शाखाका कर्मचारी मोहनप्रसाद जैसीले गरेका थिए ।