
पोखरा १३ चैत । सरकारले चैत २५ देखि देशभर टाइफाइडविरुद्धको खोप अभियान सुरु गर्ने भएको छ । नेपालमा पहिलो पटक १५ महिनादेखि १५ बर्ष मुनिका बालबालिकाहरुका लागि खोप अभियान सुरु गर्न लागिएको हो ।
गण्डकी प्रदेशमा पनि ११ जिल्लाका १५ महिनादेखि १५ बर्ष मुनिका करिब ५ लाख ६० हजार २ सय २७ बालबालिकाहरुलाई चैत २५ देखि आगामी बैशाख १८ गते सम्म खोप लगाइने स्वास्थ्य निर्देशनालय गण्डकीका प्रमुख खिमबहादुर खड्काले बताए ।
निर्देशनालयले आइतबार पोखरामा आयोजना गरेको अन्तक्र्रियामा बोल्दै प्रमुख खड्काले प्रदेश सरकारले खोप ऐन जारी गरिसकेकाले लक्षित उमेर समूह खोप लगाउनबाट बञ्चित नहुने बताए । उनले खोप अभियान पश्चात सर्भे गर्ने र छुटेका बालबालिकाहरुलाई पुनः खोप लगाइने जानकारी दिए ।
अभियानको गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले शुभारम्भ गर्ने कार्यक्रम रहेको छ । स्वास्थ्य तथा आपूर्ति व्यवस्थापन केन्द्र गण्डकीका प्रमुख डा. रोशन न्यौपानेले यो अभियानमा खोप लगाउनुपर्ने उमेर समूहको ठूलो हिस्सा विद्यालयमा रहेकाले खोप अभियान विद्यालयहरुमा सञ्चालन गरिने र आवश्यक परे स्वास्थ्य संस्थाहरुमा समेत सञ्चालन गरिने स्पष्ट पारे ।
नेपालमा प्रत्येक बर्ष ४ लाख ५० हजार जना भन्दा बढीलाई टाइफाइडको संक्रमण हुने गरेको अध्ययनले देखाएको छ । १५ बर्ष मुनिका बालबालिकाहरुमा अन्य समूह भन्दा ११ गुणा बढी संक्रमण हुने गरेकाले खोप अभियान संचालनले टाइफाइडको संक्रमणदरमा कमि आउने आफूहरुको विश्वास रहेको डा.न्यौपानेले बताए ।
टाइफाइड लगायतका कतिपय रोगहरु खोप सेवाले मात्र शतप्रतिशत नियन्त्रण गर्न नसकिने भएकाले खोप संगसंगै अन्य सरसफाई सम्बन्धि प्रवद्र्धनात्मक कार्यक्रमलाई पनि अभियानकै रुपमा अगाडी बढाइने खड्काले बताए ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




