
काठमाडौं, १७ चैत । आइएमई जनरल इन्स्योरेन्सले लाभांश वितरणको प्रस्ताव पारित गर्न साधारण सभा आव्हान गरेको छ ।
कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरणका लागि वैशाख ९ गते २४औं वार्षिक साधारण सभा डाकेको हो । साधारण सभा काठमाडौं, लैनचौरस्थित लैनचौर बैंक्वेट्समा बिहान १० वजे बोलाईएको छ ।
साधारण सभाबाट इन्स्योरेन्सको हाल कायम भएको चुक्ता पूँजीको ७ प्रतिशतले हुने बोनस सेयर तथा त्यसको कर प्रयोजनका लागि ४२ लाख ६४ हजार ७९० रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
साधारण सभाबाट कम्पनीको प्रबन्धपत्र र नियमावली संशोधनको कार्य गर्नका लागि संचालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्तव पारित गरिनेछ ।
यस्तै सभाले अधिकृत पूँजी २ अर्ब ५० करोड पुर्याउने, लेखा परिक्षककाे नियुक्ती र तलवमान तोक्नेलगायतका प्रस्तावलाई पनि पारित गर्ने भएकाे छ ।
इन्स्योरेन्सले साधारण सभालाई मध्येनजर गर्दै चैत २५ गतेदेखि बुक क्लोज हुने जनाएको छ । चैत २४ गतेसम्म नेपाल स्टक एक्सचेन्जमा सेयर कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै साधारण सभामा भाग लिन र लाभांश प्राप्तिका लागि योग्य हुनेछन् ।








झापा, ९ मङ्सिर। पूर्वीनाका काँकडभिट्टास्थित मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८३/८४ को कात्तिकमा राजस्व…
काठमाडौं, ९ मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।…
झापा, ९ मङ्सिर। इलामको रोङ गाउँपालिका–६ स्थित सलकपुरमा सुन्तला खेतीबाट वार्षिक तीन करोडदेखि चार करोड…
काठमाडौं, ९ मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको तथा कोशी प्रदेशका… 




