
काठमाडौं, १७ चैत । साताको लागि सुनचाँदीको कारोबार हुने पाँचौ दिन बिहिबार आज नेपाली बजारमा सुनचाँदीको भाउ तलमाथि भएको छ ।

छापावाला सुनमा सामान्य बृद्धि भएको छ भने चाँदीको घटेको छ । छापावाला सुनमा रुपैयाँ १०० ले बृद्धि हुँदा चाँदीमा भने रुपैयाँ १० ले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसदिन छापावाला सुनमा रुपैयाँ १०० ले बढेर तोलाको रुपैयाँ ९८ हजार ९०० रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बुधबार सुनको भाउ तोलाको ९८ हजार ८०० रुपैयाँ कायम भई कारोबार भएको थियो ।
तेजाबी सुन तोलाको ९८ हजार ४०० रुपैयाँ कायम भएको छ । बुधबार तेजाबी सुनको मूल्य तोलाको ९८ हजार ३०० रुपैयाँ तोकिएको थियो ।
चाँदीकाे भाउमा सामान्य १० रुपैयाँले घटेर तोलाको १ हजार ३५० रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार चाँदीको भाउ तोलाको १ हजार ३६० रुपैयाँ निर्धारण गरिएको थियो ।








झापा, ९ मङ्सिर। पूर्वीनाका काँकडभिट्टास्थित मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८३/८४ को कात्तिकमा राजस्व…
काठमाडौं, ९ मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।…
झापा, ९ मङ्सिर। इलामको रोङ गाउँपालिका–६ स्थित सलकपुरमा सुन्तला खेतीबाट वार्षिक तीन करोडदेखि चार करोड…
काठमाडौं, ९ मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको तथा कोशी प्रदेशका… 




