
काठमाडाैं, २१ चैत । सयपत्री समाज कास्कीको स्थानिय व्यवस्थापनमा समाज तथा एफईएस नेपालको आयोजनमा पोखरामा “बदलिदो परिस्थितिमा नागरिक शिक्षा र लोकतन्त्र वहस” विषयक छलफल सम्पन्न भएको छ ।
नागरिकले आफ्नो र आफ्ना सन्तानको भविष्य निर्माणको अभिलासा बोकेका हुन्छन् । सो भविष्य निर्माणको लक्ष्यलाई पूरा गर्न केही आधार, अधिकार तथा महत्वपूर्ण विषयहरु निश्चित हुनुपर्ने आवश्यक्ता रहेको छ ।
यसका लागि राजनीतिक, सामाजिक र आर्थिक क्षेत्रमा नागरिकको सहजैको पहुँच हुन आवश्यक रहेको वक्ताहरुले बताए । उनीहरुले नागरिकले सार्वभौम अधिकार। कर्तव्य, जिम्मेवारी, आधारभूत मानवअधिकार, कानुनी शासन, राजनीतिक दलहरुको भूमिका र प्रजातान्त्रिक शासन व्यवस्थामा निर्वाचनको महत्वलाई जाेड दिए ।
कार्यक्रममा अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक गण्डकीका कार्यक्रम अधिकृत सवनम शर्माले “सामाजिक न्यायको अवधारणामा बृद्धि, संभावना र चूनौती” विषयक कार्यपत्र प्रस्तुत गरिन । सो अवसरमा उनले सामाजिक न्याय स्थापनाको लागि सबैको समन्वय, सहकार्य, ईच्छाशक्ति र कार्ययोजना तयार गरेर ठोक निष्कर्षसहित अगाडी बढ्नुपर्नेमा जोड दिईन ।
पृथ्वीनारायण क्याम्पसका सहप्राध्यापक भीमनाथ बरालले “आसन्न निर्वाचन र प्रजातान्त्रिकरण” विषयक कार्यपत्र प्रस्तुत गदै प्रजातान्त्रिक शासन व्यवस्थामा स्थानिय तहको निर्वाचनले विशेष महत्व राख्ने बताए । जनतासंग प्रत्येक्ष सरोकार राख्ने सरकार भएकोले निर्वाचनको प्रकृया, संवद्ध दल तथा उम्मेदवारी प्रस्तुति र कार्य सम्पादनले शासन व्यवस्थाको स्थायित्वमा प्रभाव राख्ने बताए ।
कार्यक्रममा नवराज वरालले सम्पन्नताको खोजि गर्दैगर्दाखेरि आफ्नो उत्पादन र त्यसको बजारिकरणमा जोड दिए । उनले विदेशबाट आयातभन्दा अर्थतन्त्र निर्यातमूखि हुनुपर्ने बताए ।
सिनासका कार्यकारी अधिकृत डा.मृगेन्द्र कुमार कार्किले नेपालकाे सन्दर्भमा लोकतन्त्रको आधार भनेकै संविधान भएकोले त्यसले प्रत्यायोजन गरेका हकाधिकारहरु पाउनु लोकतन्त्रको सवल पक्ष भएको बताए । उनले लोकतन्त्रलाई ग्राउण्डबाट उच्च तहसम्म बुझाउन आवस्यक भएकोमा जोड दिए । आफ्नो सभ्यताको खोजि, पहिचान र त्यसको प्रवर्धननै प्रमुख पक्ष भएको बताए ।
सो अवसरमा नागरिक, समाज, कानुनका विद्यार्थी तथा सरोकारवालाहरुले राखेका जिज्ञासाको कार्यपत्र प्रस्तुतकर्ता सबैले जवाफ दिएका थिए ।
यसअघि कार्यक्रममा सहभागिलाई स्वागत गर्दै एफईएसका कार्यकारी अधिकृत पवित्रा रावतले लोकतन्त्रलाई विकासका नाममा बाटो, पुलसंग मात्रै जोड्न उचित नहुने बताउँदै सामाजिक न्याय, मानवअधिकार, सुशासन, महिला सहभागिता, नागरिक शिक्षालगायतका व्यवहारहरुमा परिवर्तन आउनु पर्ने बताईन ।
कार्यक्रम सयपत्रि समाज कास्कीका अध्यक्ष गेहेन्द्रेश्वर कोईरालाको अध्यक्षतामा भएको थियो । सहजिकरण अधिवक्ता गिरधारी सुवेदीले गरेका थिए ।






पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले…
काठमाडौं, ९ मङ्सिर । साताको चौथो कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बढेर… 



