
काठमाडाैं, २२ चैत । राष्ट्रमण्डल (कमनवेल्थ) राष्ट्रहरूका महासचिवको कार्यलयले माटाे जोगाऔँ सन्दर्भमा एक महत्वपूर्ण वक्तव्य प्रकाशित गरेको छ । वक्तव्यमा उल्लेख गरिएको छ कि “पर्यावरण जोगाउनको लागि माटोलाई पुन: जीवित गर्नमा केन्द्रित माटो जोगाऔँ अभियानको उद्देश्य पूर्णतया राष्ट्रमण्डलद्वारा प्रस्तावित ‘लिभिङ्ग ल्याण्ड चार्टर’ का विषयगत क्षेत्रहरू र कार्यान्वयनको रणनीतिहरूअनुरूप छन् ।”
वक्तव्यमा थप उल्लेख गरिएको छ कि “हामीसँग सीमित रहेका प्राकृतिक स्रोत–साधनहरूको संरक्षण र व्यवस्थापनको लागि बहुपक्षीय सहयोग, निरन्तर प्रतिबद्धता र सामूहिक कार्यहरूको महत्त्वलाई ५४ सदस्यीय राष्ट्रहरूको राष्ट्रमण्डलले राम्रोसँग बुझेको छ । राष्ट्रमण्डलको सचिवालयले यो पहिचान गरेको छ, ‘हाम्रो जमिन र माटो जलावायु परिवर्तन, भू–क्षेय र जैविक विविधतामा क्षति जस्ता त्रिपक्षीय खतराहरूबाट घेरिएको छ ।” ईशा फाउण्डेशनका संस्थापक, सद्गुरुले यस धरतीको माटोको विनाश हुनबाट जोगाउनको लागि गत महिना ’माटो जोगाऔँ’ (सेभ सोइल) नामक विश्वव्यापी अभियान शुरु गरेका थिए ।
माटोलाई विनाश हुनबाट जोगाउनको लागि विश्व स्तरमा भइरहेको उक्त प्रयासले थुप्रै क्षेत्रहरूबाट निरन्तर समर्थन पाइरहेको छ । संसारभरिबाट प्रसिद्ध कलाकारहरू, खेलकुदकर्मीहरू र नागरिकहरूका साथसाथै राजनितिक, व्यवसायिक, सामाजिक, पर्यावरणीय र साँस्कृतिक क्षेत्रका नेतृत्वकर्ताहरूले समेत यो कुरामा जोड दिन थालेका छन् । यस धरतीको भविष्य सुरक्षित गर्नको लागि अबको मार्ग भनेको माटो जोगाउन हाम्रा प्रणालीहरूमा सुधार गर्नु हो ।
हाल सद्गुरु ३०,००० किलोमिटरको १०० दिवसीय एकल मोटरसाइकल यात्रामा छन् । जसअन्तर्गत उनले युरोप, मध्य एशिया र मध्य-पूर्व गरी २७ राष्ट्रहरू भ्रमण गर्नेछन् । यो यात्राको उद्देश्य विभिन्न राष्ट्रका नागरिकहरूलाई हालको अवस्थाबारे बढी जागरूक बनाउने अनि सम्बन्धित सरकार र प्रशासनहरूलाई आफ्नो राष्ट्रको निम्ति तत्काल माटो–मैत्री नीतिहरू बनाउन अपिल गर्नु हो । माटोलाई पहिल्यैको अवस्थामा फर्काउनेतर्फ काम गर्ने प्रतिज्ञासहित ६ वटा क्यारिबियन राष्ट्रहरूले ‘माटो जोगाऔँ’ अभियानसँग सम्झौता ज्ञापनपत्रमा हस्ताक्षर गरिसकेका छन् ।
सद्गुरुले विभिन्न राजनीतिज्ञ, सञ्चारकर्मी, पर्यावरणविद् एवम् प्रभावशाली व्यक्तिहरूसँग अन्तर्क्रिया गरिरहेका छन् र यो क्रम जारी रहने छ ।
आफ्नो १०० दिवसीय यात्राको क्रममा सद्गुरुले मे महिनामा आइभोरी कोस्टमा आयोजित हुने कप १५ (UNCCD COP15) को १५औँ सत्रमा सम्बोधन गर्नेछन् । सो सम्मलेनमा १७० राष्ट्रहरूबाट राजनीतिक नेताहरू सहभागी हुने अपेक्षा गरिएको छ । सोही महिना, सद्गुरुले विश्व आर्थिक मञ्चमा सम्बोधन गर्नेछन् अनि नेताहरूलाई आफ्नो राष्ट्रमा माटो विनाश हुनबाट जोगाउनको लागि अहिल्यै केही गर्न अपिल गर्नेछन् ।
‘माटो जोगाऔँ’ अभियानले १९२ राष्ट्रहरूका निम्ति माटो–मैत्री निर्देशिकाहरूको दस्तावेज तयार पारेको छ । प्रत्येक राष्ट्रको अक्षांश, मौसमहरूको स्थिति, माटोको प्रकार, कृषि परम्परा अनि आर्थिक मापदण्डहरूलाई ध्यानमा राखी फरक–फरक राष्ट्रको निम्ति छुट्टाछुट्टै दस्तावेजहरू तयार गरिएको छ ।
जागरूक धरती: माटो जोगाऔँ विश्वव्यापी अभियान हो, जसले हाम्रो माटो र धरती जोगाउनको लागि जागरूक दृष्टिकोणसहित काम गर्न प्रोत्साहन गर्दछ । सर्वप्रथम, यो जन–अभियान हो । यस अभियानले विश्वभरिबाट ३.५ अर्ब मानिसहरू (विश्वभरिका ६०% मतदाताहरू) को समर्थन जुटाउने अनि माटोलाई पुन: जीवन्त पार्न र माटोको विनाश रोक्नको लागि नीतिगत कार्यहरू शुरु गर्न विश्वभरिका सरकारहरूलाई सघाउने उद्देश्य लिएको छ ।
विश्वका नेतृत्वकर्ताहरू, प्रभावशाली व्यक्तिहरू, कलाकारहरू, विज्ञहरू, किसानहरू, आध्यात्मिक गुरुहरू, गैर सरकारी संस्थाहरू अनि नागरिकहरूले अभियानको समर्थनमा आवाज उठाइरहेका छन्, ताकि मानवजाति र माटोबिच रहेको सम्बन्धलाई पुन: स्थापित गर्न सकियोस् ।








काठमाडौं, ५ मङ्सिर । तेस्रो प्रयासमा अन्ततः सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को…
काठमाडौं, ५ मङ्सिर। प्रधानमन्त्री वालेन्द्र शाह आइतबार दिउँसो भारतको राजकीय भ्रमणमा जानुहुने भएको छ ।…
काठमाडौं, ५ मङ्सिर। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले युवालाई उद्यमशीलता र…
पोखरा, ५ मंसिर । पोखरामा विद्यार्थी छात्र–छात्रा तथा खुला महिला–पुरुषतर्फको ५ किलोमिटर दौड प्रतियोगिता सम्पन्न… 




