
संयुक्त राष्ट्रसंघ, २४ चैत । संयुक्त राष्ट्रसंघले इथियोपियाको टिगरेमा खाद्यान्न एवं अन्य सामग्री पुगेको समाचारको स्वागत गरेको छ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले सो समाचारको स्वागत गरेका छन् । उनले हालैमात्र संयुक्त राष्ट्रसंघको समन्वय र सहयोगमा सो क्षेत्रमा खाद्यान्न र आवश्यक मात्रामा इन्धन पठाउन दिनुपर्ने पहल गरेको थियो ।
संयुक्त राष्ट्रसंघले इथियोपियाका दुई द्वन्द्वग्रस्त क्षेत्रमा खाद्यान्न अभाव भएकाले त्यसका लागि सहयोग गर्न आग्रह गरेको थियो । प्राप्त समाचार इथियोपियामा द्वन्द्वमा परेका नागरिकको सहयोगका लागि खटेका संयुक्त राष्ट्रसंघका अधिकारीहरुले बुधबार ती क्षेत्रमा खाद्यान्न र इन्धन बोकेका ट्रकहरु पुगेको जनाएका छन् । यहाँका विद्रोहीहरुले ती क्षेत्रमा खाद्यान्न पु¥याउन दिएका भन्दै आगामी दिनमा पनि यस कार्यमा सहयोग गर्न आग्रह गरिएको छ ।
संयुक्त राष्ट्रसंघका महासचिव गुटर्रेसले सो क्षेत्रमा आगामी दिनहरुमा सञ्चार, बैंक र स्वास्थ्य चौकीहरु स्थापनामा सहयोग गर्न आग्रह गरेका छन् । इथियोपियामा गएका केही वर्षदेखि हिंसा जारी छ । यहाँका विद्रोहीहरुले गिरेर र आफरा क्षेत्रमा संयुक्त राष्ट्रसंघीय सहायताकर्मीहरुलाई पनि जान दिएका छैनन् ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




