युक्रेनको रेल स्टेसनमा रकेट आक्रमण, कम्तीमा २० को मृत्यु 

-



     सफल आवाज    
     चैत्र २५ गते २०७८ मा प्रकाशित



क्रमातोस्क, २५ चैत । युक्रेनको रेल स्टेसनमा रकेट आक्रमण, कम्तीमा २० को मृत्यु  क्रमातोस्क, २५ चैत (रासस÷एएफपी) ः युक्रेनको पूर्वी क्षेत्रमा रहेको रेल स्टेसनमा शुक्रबार रकेट आक्रमण भएको छ ।

आक्रमणमा परी कम्तीमा २० जनाको मृत्यु भएको प्रत्यक्षदर्शीहरूले सञ्चारकर्मीहरूलाई जानकारी दिएका छन् ।  देशको पूर्वी क्षेत्रमा पर्ने क्रमातोस्का घटना भएको समाचारमा जनाइएको छ । 

“क्रमातोस्क रेल स्टेसनमा दुई रकेट आक्रमण भएको छ, धेरै मानिस घाइते भएका छन्, घटनाका बारेमा थप विवरण हामी संकलन गर्दै छौँ,” रेल कम्पनीका प्रमुख अलेक्जेन्डर कामीशिनले सामाजिक सञ्जालहरूमा लेख्नु भएको छ ।