रोटरी भोकेशनल ट्रेनिङ सेन्टरको उद्घाटन, पोखरालाई सिंगार्न सबैको हातेमालो आवश्यक : मेयर जिसी

-



     सफल आवाज    
     वैशाख १ गते २०७९ मा प्रकाशित



पोखरा, १ वैशाख । रोटरी क्लव अफ पोखराको रोटरी भोकेशनल ट्रेनिङ सेन्टरको उद्घाटन तथा नयाँ वर्ष २०७९ को अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम बिहिबार पोखरामा सम्पन्न भएको छ ।

क्लवको सकृयतामा पोखरा महानगरपालिका वडा नं ३ स्थित कोपिलढुंगामा महानगरको जिर्णावस्थामा रहेको भवनलाई रुपैयाँ १० लाख खर्च गरेर मर्मत, संभार र रंगरोगन गरी चिटिच्याट्ट पारिएको छ । जहाँ क्लवको कार्यालय, तालिम हल, वैठक कक्ष, पुस्तकालय छ् भने सृजनशलि अपांगता सरोकार समितिको कार्यालय र व्यायाम कक्ष पनि रहेको छ ।

क्लवद्व सो भवनको पोखरा महानगरपालिका मेयर मान बहादुर जिसीले एक कार्यक्रमबीच उद्घाटन गरे । त्यस अवसरमा मेयर जिसिले समाजलाई समृद्ध बनाउन सबैको हातेमालो आवस्यक भएको बताए । समाजको उन्नतीको लागि रोटरी क्लव अफ पोखराका साथीहरु, वडाका प्रतिनिधि आउनु भयो । जिसीले भने, पोखरालाई सिंगार्न, महिला सशक्तिकरणका लागि आवस्यक तालिम संचालन गर्न र स्वास्थ्य क्याम्प लगायतका कार्य गर्नका लागि भवन प्रकृयागत ढुंगले रोटरीलाई संचालनका लागि दिईएको हाे।

मेयर जिसिले पोखरा बनाउने जिम्मेवारी हामी सबैको भएकोले त्यसको एउटा पक्ष रोटरी भएकोले सिपमूलक तोलिम संचालन गर्न गराउनको लागि दिईएको बताए । सो अवसरमा उनले पोखरा एउटा घन्टा घर बनाउनका लागि प्रयास भईरहेको जानकारी पनि दिए ।

क्लवद्वारा सम्मान गरिएका रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ का पूर्व गभर्नर रो.तीर्थमान शाक्यले रोटरी अन्तराष्ट्रियले अहिले वालिका शिक्षाको विकास तथा महिला सशक्तिकरणलाई जोड दिएको बताउँदै पोखरामा रोटरी क्लव अफ पोखराले महिलाका लागि सिलाई बुनाई तालिम संचालन गर्न लागेकोमा खुसि व्यक्त गरे । उनले अहिले घर आगनमा सरकार भएकोले वालिका शिक्षा तथा महिलाको सशक्तिकरणका लागि वडाहरुसंग प्रशस्त श्रोत साधन हुने भएकोले त्यसको उपयोगमा जोड दिए ।

पूर्व गभर्नर रो.किरणलाल श्रेष्ठले २५ वर्ष टेक्न लागेको पोखरा रोटरी क्लवको इतिहासमा नयाँ आयाम थपिएको बताए । महानगरपालिका र वडासंगको समन्वयमा सामुदायिक भवन संचालनको जिम्मा लिनु र भवन उद्घाटनकै दिनमा महिलालाई सशक्तिकरणका लागि सिलाई बुनाईको तालिम सुरुआत गर्नु राम्रो पक्ष भएको बताए ।

सो अवसरमा श्रेष्ठले भने, मेयर ज्यूले पोखरामा घन्टाघर बनाउने सोंच भएको कुरा बताउनु भएकोले हामीले यसतर्फ पनि ध्यान केन्द्रीत गरेका छौं । उनले पोखरामा अब ७ वटा क्लवको सहकार्यमा एक वर्षभित्र मृगौला प्रत्यारोपण केन्द्र स्थापनाको लागि प्रयास भईरहेको बताए । साथै उनले निकट भविष्यमा कोपिल ढुंगामा एम्बुलेन्स संचालनमा ल्याईने जानकारी दिए ।

वडा नं ३ का वडाध्यक्ष रवीन्द्र बहादुर प्रजुले ४० को दशकमा निर्माण भई जिर्ण अवस्थामा रहेको महानगरको सामुदायिक भवनलाई सामाजिक हितका कार्य गर्नका लागि रोटरी क्लव अफ पोखराका पदाधिकारी आएपछि सहर्ष नियमसंगत ढंगले संचालनको लागि दिईएको बताए । उनले कोभिडको समयमा रोटरीले अक्सिजनको अभावले कसैको ज्यान नजावस् भन्ने हेतुले सिलिण्डरलगायतका स्वास्थ्य सामग्री वितरणमा उदाहरणीय कार्य गरेको भन्दै प्रशंसा गरे ।

कार्यक्रममा महिला लागि तालिम सेन्टरमा सहकार्य गरेका रोटरी सिंगापुरका पूर्व अध्यक्ष गोपाल पटेलले सिंगापुरबाट शुभकामना दिएका थिए ।

सो अवसरमा सेतो गुँरास भवनको प्राङगणमा मेयर जिसि, रो.तीर्थमान शाक्य र वडा नं ३ का अध्यक्ष रवीन्द्र बहादुर प्रजुले बेलपत्र लगायत विरुवा रोपेका थिए ।

यस्तै भूकम्पबाट क्षती भएको गुल्मीको गंगाबेसीको गंगा आधारमूत विद्यालयको निर्माणको लागि निर्माणसम्पन्न भएपछि दिने भनिएको ४ लाख रुपैयाँकाे चेक विद्यालयका प्रधान अध्यापक इन्द्र थापालाई प्रमुख अतिथि मेयर जिसीले हस्तान्तरण गरेका थिए । सो विद्यालय बनाउन क्लवले २० लाख खर्च गरेको छ ।

यस्तै सिलाई बुनाई तालिमका लागि १३ वटा मेसिन ल्याईएको सचिव भूपालजंग कुँवरले बताए । उनका अनुसार ति मेसिनको लागि २ लाख १३ हजार खर्च भएकाे छ । कार्यक्रममा क्लवको तर्फबाट प्रमुख अतिथि मेयर जिसी, विशेष अतिथि रो.शाक्य र वडाध्यक्ष प्रजुलाई मायाको चीनो प्रदान गरिएको थियो ।

यसअघि सहभागिलाई कोषाध्यक्ष मदन शर्माले स्वागत गरेका थिए । क्लवका अध्यक्ष निर्मलप्रसाद कर्माचार्यको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सहजिकरण क्लवका सचिव भूपालजंग कुँवरले गरेका थिए भने अन्त्यमा आगन्तुक सबैलाई रो.डा राजेन्द्र गौतमले धन्यवाद ज्ञापन गरेका थिए ।