प्रदेश १, गण्डकी र कर्णालीका केही स्थानमा मेघ गर्जन चट्याङ्गसहित वर्षाको सम्भावना

-



     सफल आवाज    
     वैशाख ३ गते २०७९ मा प्रकाशित



काठमाडाैं, ३ वैशाख । हाल नेपालमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ। देशका पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।

बैशाख ०३ गते (शनिबार) 

दिउँसो : देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली  रही  बाँकी भू-भागमा आंशिक बदली रहने छ। देशको पहाडी भु-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित क्षनिक वर्षाको सम्भावना रहेको छ।

राती : देशको पहाडी भू-भागमा आंशिक बदली  रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित क्षनिक वर्षाको सम्भावना रहेको छ।

बैशाख ०४ गते (आइतबार) 

दिउँसो : देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली  रही  बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। देशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

राती : देशको पहाडी भू-भागमा आंशिक बदली  रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १को पहाडी भु-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

बैशाख ०५ गते (सोमबार) 

दिउँसो : देशको पहाडी भू-भागमा आंशिक बदली  रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

राती : देशको पहाडी भू-भागमा आंशिक बदली  रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श 

देशको पहाडी भू-भागको थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित क्षनिक वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन हुन विभागले सबैमा अनुरोध गरेकाे छ । देशका तराई तथा चुरे क्षेत्रमा तापक्रम बढ्दो क्रममा रहेकाले गर्दा गर्मीका कारण हुन सक्ने असरबाट बच्न पनि आवश्यक सतर्कता अपनाउन हुन अनुरोध गरेकाे छ।