नेप्सेमा दाेहाेराे अंककाे गिरावट, नेष्डोले गर्यो १४ करोडको कारोबार

-



     सफल आवाज    
     वैशाख ७ गते २०७९ मा प्रकाशित



काठमाडौं, ७ वैशख । साताको सेयर कारोबार हुने चौथो दिन बुधबार सेयर बजारमा फेरी करेक्सन देखिएको छ । लगातार ओरालो लाग्दै आएकोमा मंगलबार हरियाली छाउँदा केही उत्साह जगाएको भएपनि आजको नेप्सेको राताम्मै भएको दृश्यले पुनः लगानीकर्ताकाे मनोवल गिराएको छ ।

संयोगले निलम्बनमा परि अदालतको आदेश पाएको भोलिपल्टै बुधबार गभर्नर महाप्रसाद अधिकारी राष्ट्र बैंकको गभर्नरको जिम्मेवारीमा पुनः फर्किए । उनी फर्किएको दिनमै नेप्से राताम्मै भएको छ ।

सेयर बजारका लगानीकर्ता पनि राष्ट्र बैंकले बेला बेलामा ल्याएका आर्थिक नीतिका कारण केहि रुष्ट बनेका छन् । केहिले भने गभर्नरको निलम्म्बनको विरोध गर्दै उनलाई पुर्नबहाली गर्न र राष्ट्र बैंकको स्वायत्ताताको रक्षाकाे माग गर्दै आएका थिए।

नेपाल स्कट एक्सचेन्जका अनुसार नेप्सेमा यसदिन ३६.७३ अंकको गिरावट भएको छ । यसरी घटेको नेप्से २३२०.५१ विन्दुमा झरेको छ । नेप्सेमा १.५६ प्रतिशतले गिरावट भएको छ भने सेन्सेटिभ इण्डेक्स ६.६९ अंकले घटेर ४४१.०८ विन्दुमा रहेको छ ।

कुल २२८ कम्पनीको सेयर कारोबार भएको छ । ३५ लाख ७० हजार १४ कित्ता सेयरको खरिदबिक्रीबाट १ अर्ब ४५ करोड ८७ लाख ३७ हजार ७५५ रुपैयाँ बराबरको कारोबार भएको छ ।

१३ वटै उपसमूह राताम्मै भए । उनीहरु सबैको सेयर घटेको छ । सबैभन्दा बढी जीवन बीमा समूहतर्फ २४६.४७ अंकको गिरावट भएको छ । दोश्रोमा नीर्जिवन बीमातर्फ १६९.८३ अंकले, तेश्रोमा विकास बैंकतर्फ १०६.०९ अंकको गिरावट भएको छ ।

कारोबारको आधारमा सबैभन्दा बढि नेष्डाे समृद्ध लघुवित्त वित्तीय संस्थाको १४ करोड १९ लाख ४७९ रुपैयाँ ३० पैसा बराबरको कारोबार भएको छ ।