
पोखरा १२ बैशाख । ‘औलोको भार कम गर्न नयाँपनमा जोड दिऔं र जीवन बचाऔं’ नारासहित विभिन्न जनचेतनामूलक कार्यक्रम गरी विश्व औलो दिवस मनाइएको छ । हरेक बर्ष अप्रिल २५ तारिखमा यो दिवस मनाउने गरिन्छ।
सोमबार पोखरामा आयोजित अन्तक्रियामा बोल्दै स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक खिमबहादुर खड्काले आगामी ३ बर्षमा नेपालमा औलो निवारण गर्ने सरकारी लक्ष्य अनुसार आफूहरुले अभियानलाई तिव्रता दिएको बताए।
सन् २०२५ सम्म नेपालमा औलो निवारण गर्ने सरकारको लक्ष्य रहेको र अन्य प्रदेशहरुको तुलनामा गण्डकी प्रदेश अगाडि रहेको बताए । उनले परिक्षण संख्या बढाउनुपर्नेमा जोड दिए।
संक्रमण तथा सरुवा रोग अस्पतालका डा. अशोक तिवारीले जलवायु परिवर्तनका कारण पछिल्लो समय हिमाली जिल्लाहरुमा समेत औलो रोग देखापर्न थालेकाले चुनौतीपनि थपिएको बताए । पछिल्लो समय परिक्षण गराउन स्वास्थचौकी पुग्नेहरुको संख्यामा कमि आएको बताउँदै उनले परिक्षणलाई वृद्धि गरिनुपर्नेमा जोड दिए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय महाशाखाका डा. नारायण श्रेष्ठले ७ प्रदेश मध्ये गण्डकीले हालसम्म स्थानीय मलेरिया शून्यमा राख्न सफल भएको बताए । सेभ द चिल्ड्रनका संयोजक हेमप्रसाद पौडेलले तुलनात्मक हिसावले गण्डकीको अवस्था सन्तोषजनक रहेको बताए ।
स्वास्थ्य निर्देशनालय गण्डकीको आयोजना, स्वास्थ्य कार्यालय कास्की र पोखरा महानगरपालिकाको समन्वय तथा सेभ द चिल्डे«नको प्राविधिक सहयोगमा महानगरभित्र रहेका सरकारी तथा निजी अस्पतालहरुमा ज्वरो आएका विरामीहरुको औलो परिक्षण अन्तर्गत ४ दिवसीय कार्यक्रम समेत आयोजना गरिएको निर्देशक खड्काले जानकारी दिए ।
पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, मातृशिशु मितेरी अस्पताल, संक्रमक तथा सरुवा रोग अस्पताल, मनिपाल शिक्षण अस्पताल र गण्डकी मेडिकल कलेजमा औलोका विरामीहरुको परिक्षण हुँदै आइरहेको छ ।
औलो रोग संक्रमित एनोफिलिज जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने हुनाले लामखुट्टेबाट बच्नु नै औलो रोकथामको उत्तम उपाए भएको डा. तिवारीले बताए ।
नेपाल राष्ट्रिय औलो नियन्त्रण कार्यक्रमले सन् २००७ मा पहिलोपटक पञ्चबर्षिय राष्ट्रिय औलो नियन्त्रण रणनीति तयार गरी सोही अनुसार कार्यक्रम लागु गरेको थियो । यस रोगबाट खासगरी गर्भवती महिला तथा ५ बर्ष मुनिका बालबालिकाहरु बढी जोखिममा पर्ने गरेको अध्ययनले देखाएको छ ।










पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




