
काठमाडौं, १४ वैशाख । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले पार्टीले सधैँ स्वाधीनता र राष्ट्रिय एकताका पक्षमा आवाज उठाउँदै आएको बताएका छन् ।
नेकपा एमाले, सम्पर्क समन्वय कमिटीले आयोजना गरेको कार्यक्रममा उनले नागरिकलाई राष्ट्रिय स्वाधीनताको विषय सबैभन्दा प्रिय भएको र एमाले सधैँ राष्ट्रिय स्वाधीनता र स्वतन्त्रताको रक्षामा लागेको बताए। नेपालमा छ दशक समय राजनीतिक लडाइँमा र अधिकार प्राप्तिमा लाग्दैमा बितेको र अहिले त्यो अवस्था नभएको महासचिव पोखरेलले बताए ।
भारत र चीन दुवै छिमेकी देशहरु नेपालसँग रेललगायतका पूर्वाधारमा सहकार्य गर्न चाहेको उनको भनाइ छ । भारतले भारतीय रेल वीरगञ्ज हुँदै काठमाडौँ र चीनले केरुङबाट काठमाडौँ हुँदै लुम्बिनीसम्म रेल यातायातको विस्तारमा चासो देखाएको उनले बताए।
अहिले समयससँगै स्वाधीनताको सोच बदलिएको र यसले माटोको रक्षा मात्रै होइन आकाशको अधिकार पनि हो भन्ने धारणा रहेको उनले बताए। अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले दुवै छिमेकी देशसँगको सम्बन्ध सुमधुर बनाएको उनकाे भनाइ छ ।
भारतसँग सम्बन्धमा रहेका समस्या सुल्झाएको र चीनसँगको सम्बन्ध विस्तार गरिएको उनको भनाइ छ । पार्टी नेतृत्वको सरकारले पेट्रोलियम पदार्र्थ ढुवानीका लागि पाइपलाइन र विद्युत् भार कटौती हटाउन पहल गरेको उनको भनाइ छ । उनले भने, “विगतदेखि नै रहेको डुबानको समस्या अध्ययन गरेर समाधान अघि बढाइएको थियो ।”






पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले…
काठमाडौं, ९ मङ्सिर । साताको चौथो कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बढेर… 



