काठमाडौं, १४ वैशाख । पछिल्लो ९ दिनमा वाणिज्य बैंकको निक्षेप २२ अर्ब रुपैयाँले घटेको छ । नेपाल बैंकर्स संघका अनुसार चैत अन्तिममा ४३ खर्ब ८९ अर्ब रुपैयाँ रहेको निक्षेप वैशाख ९ गतेसम्ममा घटेर ४३ खर्ब ६७ अर्ब रुपैयाँ कायम भएको छ ।
वैशाख पहिलो साता १२ अर्ब निक्षेप घटेको थियो । दोस्रो सातामा भने निक्षेप १० अर्ब रुपैयाँले घटेको छ । चैत अन्तिम साता बैंकको निक्षेप ५५ अर्ब रुपैयाँले बढेको थियो ।
यसैगरी चैत मसान्तको तुलनामा बैंकको कर्जा लगानी पनि ३ अर्ब रुपैयाँले घटेको छ । चैत अन्तिम साता २० अर्ब रुपैयाँले बढेर ४१ खर्ब ९७ अर्ब रुपैयाँ पुगेको बैंकहरूको कर्जा प्रवाह वैशाख ९ गतेसम्ममा ४१ खर्ब ९४ अर्ब रुपैयाँमा झरेको छ ।

वैशाख पहिलो साता २ अर्ब र दोस्रो साता १ अर्ब कर्जा घटेको संघको तथ्यांकमा उल्लेख छ । चैत मसान्त बैंकहरूको तेस्रो त्रैमासिकको खाताबन्दी गर्ने बेला भएकाले निक्षेप र कर्जामा वृद्धि देखिएको हो । वैशाख लागेसँगै चुनावी चहलपहलका कारण बैंकबाट निक्षेप झिक्ने क्रम बढेको विश्लेषण गरिएको छ ।






पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले…
काठमाडौं, ९ मङ्सिर । साताको चौथो कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बढेर… 



