गरिमा बैंकका ग्राहकले पोखराको अन्नपूर्ण केवलकारमा आकर्षक छुट पाउने

-



     सफल आवाज    
     वैशाख १५ गते २०७९ मा प्रकाशित



काठमाडाैं, १५ बैशाख। गरिमा विकास बैंकले पर्यटकिय शहर पोखरामा हालै सञ्चालनमा आएको अन्नपूर्ण केवलकारमा आकर्षक छुट सम्बन्धि सम्झौता गरेको छ ।

यो सम्झौतापछि बैंकको मोबाईल बैकिङ्ग तथा डेविट कार्ड प्रयोग गर्ने सेवाग्राहीहरुले केवलकारको टिकट मूल्यमा १०% छुट प्राप्त गर्नसक्नेछन । यो केबलकारबाट लेकसाइडकाे सेदीदेखि सराङ्कोटसम्म जान सकिन्छ ।

हाल गरिमा विकास बैंकले नेपालभर ११९ शाखा कार्यालय, १ एक्स्टेन्सन कार्यालय र ५१ एटिएमबाट सरल, सुलभ एवं गुणस्तरीय सेवा प्रवाह गर्दै आईरहेको बताइएको छ ।