संयुक्त राष्ट्रसंघका महासचिव गुटेरस युक्रेनमा

-



     सफल आवाज    
     वैशाख १५ गते २०७९ मा प्रकाशित



किभ, १५ बैशाख । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरस युक्रेन पुगेका छन् । उनले कुरा ट्वीट गरेर जनाएका हुन् । उनले ट्वीटमा भने– म रुसको भ्रमणपछि आज युक्रेन पुगेको छु ।

ट्वीट गरेर उनले सो कुरा जानकारी दिएको विभिन्न विदेशी सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् । उनले युक्रेनमा रहँदा पछिल्ला केही हप्तायता रुसले गरेको आक्रमणबाट भएको क्षतिका साथै युक्रेनको अवस्थाको बारेमा जानकारी लिदैंछन् ।

महासचिव गुटेरस हालैमात्र रुसको भ्रमणमा गएका थिए। त्यस भ्रमणका क्रममा उनले युक्रेनसँग कूटनीतिक वार्ता गरेर छिट्टै समस्याको समाधान निकाल्न र युद्ध रोक्न रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग आग्रह गरेको पनि बताए ।