
इस्तानबुल १७ बैशाख । टर्कीको सबैभन्दा ठूलो शहर इस्तानबुलमा रहेको एउटा कारखानामा शुक्रबार भएको आगलागीमा परी कम्तीमा तीन जनाको मृत्यु हुनाका साथै अन्य नौ जना घाइते भएको स्थानीय अधिकारीहरूले बताएका छन्।
इस्तानबुल गभर्नरको कार्यालयले विज्ञप्तिमा जनाएअनुसार शहरको एसियाली किनारमा रहेको तुजला जिल्लाको एक रासायनिक कारखानामा आगलागी भएको हो। घटनास्थलमा तत्कालै दमकल, एम्बुलेन्स र उद्धार टोली पठाइएको र आगो नियन्त्रणमा लिइएको उल्लेख गरिएको छ ।
विज्ञप्ति अनुसार आगलागीमा नौ जना कामदार सामान्य घाइते भए पनि अन्य तीन जनाको ज्यान गएको छ । आगोको कारण कारखानामा धेरै शक्तिशाली विस्फोट भएको र नजिकैका केही सवारी साधन र भवनहरूलाई क्षति पुगेको जनाइएको छ ।








काठमाडौ, ८ मंसिर । युनिलिभर नेपाल लिमिटेड (UNL) को लाभांश सुरक्षित गर्ने आज (मंसिर ८…
पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा… 




