सेवा सुबिधा नलिने एमाले मेयरका उम्मेदवार थापाकाे घाेषणा

-



     सफल आवाज    
     वैशाख १८ गते २०७९ मा प्रकाशित



पाेखरा, १८ वैशाख । नेकपा एमालेका मेयरका उम्मेदवार कृष्ण थापाले आफुले पाएकाे सेवा सुबिधा नलिने घाेषणा गरेका छन् ।

पाेखरा वडा नं २६ भएकाे चुनावी अभियानका क्रममा थापाले साे सेवा सुविधा गरिब जनतालाई दिने बताएका हुन् । थापाले घाेषणापत्र अक्षरस पालाना गर्ने भन्दै अहिलेकाे गठबन्धन् कागजकाे गठबन्धन् भएको बताए ।

कार्यक्रममा उपमेयर पदका उम्मेदवार मञ्जुदेवी गुरूङले अबकाे जित एमालेकाे भएको र महिलाको हकहितकाे काम एमालेले मात्रै गर्ने सक्ने बताइन ।

कार्यक्रममा पाेखरा २६ का सूर्य ध्वजावाहक वडा अध्यक्षका उम्मेदवार सूर्यनाथ भण्डारी, सदस्यमा धुर्व थापा, बसन्त बन्जरा, प्रमिला बराल भण्डारी र सर्मिला सुनारकाे परिचय गराएका थिए। कार्यक्रममा नेकपा एमाले वडा नं २६ का वडा अध्यक्षले ५० बुँदे घाेषणापत्र सार्वजनिक गरे ।

कार्यक्रममा नेकपा एमाले गण्डकी प्रदेशका सदस्य पुष्प ज्याेति ढुगांनालगायतले मतब्य ब्यक्त गरेका गरेका थिए । जनसाँस्कृतिक महासंघले गीत संगितबाट मनाेरञ्जन गराएकाे थियाे ।

कार्यक्रमका सभापति नेकपा एमालेका वडा कमिटी अध्यक्ष रामचन्द्र तिमिल्सिनाने अब सूर्य ध्वजाबाहक ५ जनालाई जिताउने बताएका थिए । कार्यक्रमकाे स्वागत मतब्य वडा कमिटी उपाध्यक्ष मिना श्रेष्ठले दिएकी थिइन । कार्यक्रम संचालन कमिटी सचिव सूर्य प्रकाश ढुगानाले गरेका थिए।