नेपाल प्रहरीको महानिरीक्षकमा सिंह र सशस्त्र प्रहरी बलको महानिरीक्षकमा अर्याल नियुक्त

-



     सफल आवाज    
     वैशाख १८ गते २०७९ मा प्रकाशित



काठमाडौं, १८ वैशाख । सरकारले नेपाल प्रहरीको महानिरीक्षक (आइजिपी) मा धिरजप्रताप सिंह र सशस्त्र प्रहरी बल नेपालको महानिरीक्षकमा राजु अर्याललाई पदोन्नति गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को आजको बैठकले दुवै सङ्गठनका प्रहरी अतिरिक्त महानिरीक्षकद्वय (एआइजी) सिंह र अर्याललाई आइजिपीमा पदोन्नति गर्ने निर्णय गरेको बताइएकाे छ ।