युक्रेनको मारियुपोलबाट झण्डै ५ सय सर्वसाधारण विस्थापित

-



     सफल आवाज    
     वैशाख २३ गते २०७९ मा प्रकाशित


01-03-2022 (DVD-1096) Paso fronterizo entre Rumanía y Ucrania, en Siret (Rumanía). © Alex Onciu


कीभ, युक्रेन, २३ बैशाख । संयुक्त राष्ट्रसंघको नेतृत्वमा उद्धार अभियान शुरु भएदेखि मारिउपोल शहर र यसको घेरामा परेको अजोभस्टल स्टिल प्लान्टबाट झण्डै ५०० नागरिकलाई बाहिर ल्याइएको युक्रेनको राष्ट्रपति कार्यालयका प्रमुखले शुक्रबार उल्लेख गरेका छन् ।

“हामीले झण्डै ५०० नागरिकलाई त्यहाँबाट बाहिर निकाल्न सफल भएका छौँ,” एन्ड्री येर्माकले टेलिग्राममा उल्लेख गरेका छन् । उनले कीभले विनाशकारी शहरमा फसेका आफ्ना सबै नागरिक र सेनालाई बचाउनको लागि सबै उपाय अवलम्बन गर्नेछ र फसेका नागरिकलाई बाहिर ल्याउनेछ।