काठमाडौं, २७ वैशाख । पछिल्लो एक सातामा २७ वाणिज्य बैंकहरुमा निक्षेप सुधार देखिएको छ । स्थानीय तह निर्वाचनको मुखैमा बैंकहरूको निक्षेप ५ अर्ब रुपैयाँले सुधार भएको नेपाल बैंकर्स एसोसियसनले जनाएको छ । पछिल्लो समय बैंकहरु कर्जा लगानीमा आक्रामक हुँदा निक्षेप भने बढ्न सकेको छैन ।
पछिल्लो साता (वैशाख १६ देखि २३को बीचमा) भने बैंकमा निक्षेपको अवस्था सुधार भएको हो । १६ वैशाखमा बैंकहरुमा ४३ खर्ब ६८ अर्ब रुपैयाँ निक्षेप थियो । २३ वैशाखमा आइपुग्दा बैंकको निक्षेप ४३ खर्ब ७३ अर्बमा पुगेको छ । ९ वैशाखमा भने बैंकहरुको निक्षेप ४३ खर्ब ६७ अर्ब रुपैयाँ थियो ।
पछिल्लो एक सातामा बैंकहरूको निक्षेप सुधार हुँदा कर्जा लगानी पनि घटेको छ । एक साताको अवधिमा कर्जा लगानी ४१ खर्ब ९७ अर्बबाट घटेर ४१ खर्ब ९३ अर्ब रुपैयाँमा झरेको छ ।
कर्जा लगानी घटेको र निक्षेपमा सुधार भएको असर बैंकहरुको निक्षेप-कर्जा अनुपात (सीडी) रेसियोमा परेको छ । अघिल्लो साता ९१ प्रतिशतभन्दा माथि रहेको बैंकहरुको औसत सीडी रेसियो २३ गतेसम्म ९० दशमलव ८१ प्रतिशतमा झरेको नेपाल बैंकर्स संघले जनाएको छ ।






पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले…
काठमाडौं, ९ मङ्सिर । साताको चौथो कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बढेर… 



