
काठमाडौं,२८ बैशाख । पाेखराकाे न्युराेडमा केन्द्रीय कार्यालय रहेकाे पोखरा फाइनान्सले केही संस्थापक सेयरधनीहरुको नाममा रहेको सेयर बिक्री गर्ने भएको छ।
संस्थापक सेयरधनी शंकर पराजुलीको २७ हजार ६४९ कित्ता, तेजबहादुर गुरुङको ३७ हजार ६१० कित्ता र चिन्तबहादुर गुरुङले आफ्नो स्वामित्वमा रहेको ५५ हजार ३०० कित्ता सेयर बिक्री गर्न लागेकाे सुचनामा जनाइएकाे छ।
फाइनान्सले सूचना प्रकाशित गरेको ३५ दिनभित्र इच्छुक संस्थापक सेयरधनीहरुले खरिदका लागि लिखित निवेदन दिन सक्नेछन ।
साे समयमा आवेदन नपरे खरिद गर्न इच्छुक जोकोही लगानीकर्तालाई पनि उक्त संस्थापक समूहकाे सेयर बिक्री गर्न सकिने बताइएकाे छ । संस्थापक सेयर खरिदकाे आवेदन संस्थाको केन्द्रीय कार्यालय न्युरोड, पोखराबाट दिन सकिनेछ।






पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले…
काठमाडौं, ९ मङ्सिर । साताको चौथो कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बढेर… 



