
काठमाडौं, २ जेठ । दोर्दी खोलामा निर्माण सम्पन्न भएको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत आयोजनाको विद्युत जेठको अन्तिम साताबाट राष्ट्रिय प्रणालीमा जोडिने भएको छ ।
निर्माण सम्पन्न भएर तयारी अवश्थामा रहेको दोर्दी ‘ए’ जलविद्युत आयोजनाको २५ मेगावाट विजुली राष्ट्रिय प्रशारण लाईनमा जोडिने भएको हो ।
लिवर्टी इनर्जीले लमजुङको दोर्दी खोलामा निर्माणको काम सम्पन्न गरेपछि जेठको अन्तिमसम्म व्यावसायीक विद्युत उत्पादनको कार्यको लागि परिक्षणकाे काम भईरहेको छ
दोर्दी ए जलविद्युत आयोजनाको निर्माणको काम लगभग सकिएकोले जेठको अन्तिमबाट व्यावसायीक विद्युत उत्पादनमा जाने कम्पनीका संचालक राजेन्द्र वस्तीले बताएका छन् । उनले आयोजनाको लक्ष्य २०७६ साल चैतदेखि विद्युत उत्पादनको गर्ने लक्ष्य रहेको भएपनि प्रसारण लाइनको व्यवस्थापन नहुँदा समस्या भएको बताए। देशभर फैलिएको कोरोना भाइरसको आतंक तथा वाढी पहिराे विपद्को कारण पछाडी धकेलिएको थियो ।
दोर्दी ए ले आयोजना निर्माणको लागि ४ अर्ब ६४ करोड ६९ लाख खर्च गरेको छ । स्वास्थ्य विपद्, कोरोना महामारी र बाढी वर्षाको कारण पछि सर्दै आएको हो । वाढीले आयोजनामा क्षती हुँदा यसको लागतमा पनि बृद्धि भएको कम्पनीले जनाएको छ ।
यस आयोजनाबाट बार्षिक १३ करोड ८४ लाख १० हजार युनिट विद्युत उत्पादन हुने अपेक्षा गरिएको छ । यो आयोजना नदीको बहावको आधारमा बनाईएको आयोजना हो ।








काठमाडौं, ५ मङ्सिर । तेस्रो प्रयासमा अन्ततः सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को…
काठमाडौं, ५ मङ्सिर। प्रधानमन्त्री वालेन्द्र शाह आइतबार दिउँसो भारतको राजकीय भ्रमणमा जानुहुने भएको छ ।…
काठमाडौं, ५ मङ्सिर। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले युवालाई उद्यमशीलता र…
पोखरा, ५ मंसिर । पोखरामा विद्यार्थी छात्र–छात्रा तथा खुला महिला–पुरुषतर्फको ५ किलोमिटर दौड प्रतियोगिता सम्पन्न… 




