१ अर्ब २० करोडको म्युचुअल फण्ड जारी गर्दै कुमारी क्यापिटल

-



     सफल आवाज    
     जेठ ३ गते २०७९ मा प्रकाशित



काठमाडौं, ३ जेठ । कुमारी क्यापिटल लिमिटेडले जेठ १२ गतेदेखि नयाँ म्युचुल फण्ड निष्कासन गर्ने भएको छ । क्यापिटलले कुमारी धनवृद्धि योजना निष्कासनमा ल्याउन लागेको हो ।

कुमारी सामूहिक लगानी कोष अन्तर्गत सञ्चालन हुने सो फण्डको इकाईमा जेठ १७ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयमा सबै इकाई विक्री नभएमा जेट २६ गतेसम्म आवेदन म्याद थपिने क्यापिटलले बताएको छ । यो एक बन्दमुखी योजना हो ।

क्यापिटलले प्रतिइकाई रू. १० अंकित दरमा रू. एक अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाई विक्रीमा ल्याउन लागेको हो ।

निष्कासन गरिने कुल इकाईमध्ये कुल विक्री भएको इकाईसंख्याको १५ प्रतिशत अर्थात् एक करोड ८० लाख इकाई कोष प्रवर्द्धक कुमारी बैंकलाई सुरक्षित गरी बाँकी रहेको १० करोड २० लाख इकाई सर्वसाधरणलाई विक्री गर्न लागेको हो । उक्त फण्डमा न्यूनतम १०० देखि एक करोड २० लाख इकाईसम्म आवेदन दिन पाउने व्यवस्था छ ।