रिभर फल्स पावरको आइपिओ निष्काशनकाे तेश्रो दिनमा ६.५ गुणा ओभर सब्स्क्राइब

-



     सफल आवाज    
     जेठ ३ गते २०७९ मा प्रकाशित



काठमाडौं,३ जेठ । रिभर फल्स पावर लिमिटेडको प्राथमिक निष्काशनमा तेश्रो दिनकाे विहान १०ः३० बजेसम्म ६.४७ गुणाले ओभर सब्स्क्राइब भएको छ ।

बैशाख २८ गतेबाट निष्काशन भएको २७ लाख ३० हजार कित्ता मध्ये सामुहिक लगानी कोषलाई ५ प्रतिशत बराबर १ लाख ३६ हजार ५ सय कित्ता तथा कर्मचारीलाई २ प्रतिशत बराबर ५४ हजार ६ सय कित्ता छुट्याई बाँकी रहेको २५ लाख ३८ हजार ९ सय कित्ता शेयर निष्काशन गरिएको थियाे ।

निष्काशनको तेश्रो दिन विहान १० बजेसम्म १४ लाख १३ हजार ५ जना सर्वसाधारण लगानीकर्ताहरुबाट १ अर्ब ६४ करोड ३६ लाख १४ हजार रकम बराबरको १ करोड ६४ लाख ३६ हजार १ सय ४० कित्ता शेयरको लागि आवेदन परेको छ । यो आइपिओको निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ ।


यो आइपिओमा लगानीकर्ताहरुले न्यूनतम १० कित्ता देखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ । यो आइपिओमा आवेदन दिने अन्तिम मिति छिटोमा २०७९ जेष्ठ ०४ गते बुधबार अपरान्ह ५ः३० बजेसम्म रहेको छ ।