यस्तो छ दलहरुकाे चुनावी नतिजा

-



     सफल आवाज    
     जेठ ४ गते २०७९ मा प्रकाशित



काठमाडौं, ४ जेठ । स्थानिय तहको निर्वाचन २०७९ को आज बिहान पाैने ११ वजेसम्म देशव्यापि प्राप्त नतिजा अनुसार गठबन्धनमा रहेको नेपाली कांग्रेस अग्रस्थानमा रहेको छ ।

अहिलेसम्म काँग्रेसले १९८ स्थानमा प्रमुख, १८४ स्थानमा उपप्रमुखमा जित हाँसिल गरेको छ । कांग्रेसले ११६ प्रमुख र १०२ उपप्रमुखमा अग्रता लिएको छ ।

नेकपा एमाले दोश्रोमा रहेको छ । एमालेले १२३ स्थानमा प्रमुख, १२५ स्थानमा उपप्रमुख जितेको छ । ७८ स्थानका प्रमुख र १०३ स्थानका उपप्रमुखमा अग्रता कायम गरेको छ ।

तेश्रोमा आएको माओवादी केन्द्रले ८३ स्थानमा प्रमुख, ९२ स्थानमा उपप्रमुख जितेको छ । ३४ प्रमुखमा र ३६ उपप्रमुखमा अग्रता लिएको छ ।

चौथोमा एकिकृत समाजवादीले ७ प्रमुखमा, १३ उपप्रमुखमा जितेको छ । १३ प्रमुख र ८ उपप्रमुखमा अग्रता लिएको छ ।

पाँचौंमा जनता समाजवादी पार्टी रहेको छ । उसले ५ प्रमुख र ५ उपप्रमुखमा जितेको छ । २५ प्रमुख र ३० उपप्रमुखमा अग्रता लिएको छ ।

स्वतन्त्र उम्मेदवारले ५ स्थान प्रमुखमा र १ उपप्रमुखमा जितेका छन् । उनीहरुले ५ स्थानका प्रमुख र २ उपप्रमुखमा अग्रता लिएका छन् ।