
काठमाडौं, ४ जेठ । रिभर फल्स पावर लिमिटेडले बिक्रीमा ल्याएको आईपीओमा आज अन्तिम दिनसम्म आउँदा १८ लाख ३८ हजार ४३१ जनाको आवेदन परेको छ ।
सिडिएस एण्ड क्लियरिङका अनुसार अपरान्ह सवा ५ वजेसम्म २ अर्ब ११ करोड ३२ लाख ९२ हजार रुपैयाँ बराबरको २ करोड ११ लाख ३२ हजार ८२० कित्ता सेयरका लागि आवेदन पेश भएको छ ।
वैशाख २८ गतेदेखि कम्पनीको प्रतिसेयर १०० रुपैयाँ मूल्य अंकित दरको २७ लाख ३० हजार कित्ता सेयर निष्काशन तथा बिक्रीमा ल्याईएको थियो ।
निष्काशन गरिएको सेयरमध्ये ५४ हजार ६०० कित्ता सेयर कर्मचारीका लागि रहेको छ । १ लाख ३६ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषका लागि रहेको छ । बाँकी रहेको २५ लाख ३८ हजार ९०० कित्ता सेयर सर्वसाधारणका लागि रहेको छ ।
कम्पनीका अनुसार सेयरमा माग गरेभन्दा बढी आवेदन परेकोले कम्तिमा १० कित्ताको हिसाबले सेयर बाँडफाँड हुनेछ । यसो गर्दा २ लाख ५३ हजार ८९० जनाले सेयर पाउने छन् । अरुको हात रित्तै हुनेछ ।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।








झापा, ९ मङ्सिर। पूर्वीनाका काँकडभिट्टास्थित मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८३/८४ को कात्तिकमा राजस्व…
काठमाडौं, ९ मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।…
झापा, ९ मङ्सिर। इलामको रोङ गाउँपालिका–६ स्थित सलकपुरमा सुन्तला खेतीबाट वार्षिक तीन करोडदेखि चार करोड…
काठमाडौं, ९ मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको तथा कोशी प्रदेशका… 




