शेयर लगानीकर्ताले गभर्नर अधिकारीसँग राखे ४ बुँदे माग

-



     सफल आवाज    
     जेठ ५ गते २०७९ मा प्रकाशित



काठमाडौं, ५ जेठ । शेयर लगानीकर्ताहरूले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई ४ बुँदे माग पेश गरेका छन् ।

बजारमा लगातार गिरावट आएपछि लगानीकर्ताका संघले गभर्नर अधिकारीलाई नेपाल इन्भेष्टर फोरम र सेयर लगानीकर्ता संघले मागपत्र पेश गरेका हुन् ।

दुई वटा संघले पेश गरेको मागपत्रमा ४ करोड एउटा बैंक र १२ करोड रुपैयाँसम्मको शेयर कजाए ऋणको सिमाले शेयर बजारलाई निरुत्साहित गरेकोले सो व्यवस्थालाई राष्ट्र बैंकबाट फिर्ता लिने रहेको छ । उनीहरूले यो व्यवस्था तत्काल हटाउन समेत माग गरेका छन् ।

यस्तै आर्थिक वर्ष २०७९/८० को साउन १ देखि सेयर कर्जामा लगाउने भनिएको १५० प्रतिशतको जोखिम भारित औसतलाई १०० प्रतिशत नै कायम गरिदिन अनुरोध गरेको छ ।