
काठमाडौं, ५ जेठ। दोर्दी खोला जलविद्युत कम्पनीले निष्काशन तथा बिक्रीमा ल्याएको सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले आयोजना क्षेत्रका जनताको लागि वैशाख १३ गतेदेखि १० लाख ५४ हजार २६० कित्ता सेयर निष्काशन गरेको थियो ।
जारी पूँजी १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४०० रुपैयाँ बराबरको १० प्रतिशतले हुने १० करोड ५४ लाख २६ हजार ४० रुपैयाँ बराबरकाे रूपैयाँ १०० मूल्य अंकित दरको १० लाख ५४ हजार २६० कित्ता सेयर निष्काशन गरीएको थियो ।

सेयरमा लगानी गर्न चाहने आयोजना प्रभावित लमजुङ जिल्लाको दोर्दी गाउँपालिकाका लगानीकर्ताले घटिमा १० तथा बढीमा १० लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
सेयरमा लगानी गर्नका लागि सिद्धार्थ बैंक बेसीशहर, ग्लोबल आइएमई बैंक दोर्दी शाखा, कामना सेवा विकास बैंक, मुक्तिनाथ विकास बैंक र एनएमबि बैंकको बेसीशहर शाखाबाट आवेदन दिन सकिने छ । सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ ।






पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले…
काठमाडौं, ९ मङ्सिर । साताको चौथो कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बढेर… 



