
काठमाडौं, १८ जेठ । नेपाल एशोसिएशन अफ टुर्स एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) र गणतन्त्र फिलिपिन्सको राजदूतावासबीच पर्यटन प्रबर्द्धन गर्ने विषयमा समझादारी भएको छ ।
नाट्टाले अन्तर्राष्ट्रिय पर्वत पर्यटन दिवसका अवसर पारेर दुवै पक्ष एकापसमा पर्यटन प्रबर्द्धन तथा विकास, व्यावसायिक सद्भाव र पर्यटनको अभिवृद्धिलगायतका विविध सहयोगको क्षेत्रमा मिलेर काम गर्ने सम्बन्धमा सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
सम्झौतापत्रमा नाट्टाका अध्यक्ष रमेश थापा र नेपालका लागि फिलिपिन्सका राजदूत रामोन एस बागटसिंह जुनियर ले हस्ताक्षर गरे । यस्तै नाट्टा र चीनको इन्टरनेशनल टुरिजम अलायन्सको संयुक्त आयोजनामा अन्तर्राष्ट्रिय पर्वत पर्यटन दिवसका अवसर पारेर जेठ १५ गते साँखुदेखि नगरकोटसम्म पदयात्रासमेत गरेको छ ।
पदयात्रामा शङ्खरापुर नगरपालिकाका प्रमुख रमेश नापित, चीनका लागि नेपाली प्रस्तावित राजदूत विष्णुपुकार श्रेष्ठ, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा धनञ्जय रेग्मी तथा नेपाल र चीनका पर्यटन व्यवसायीको सहभागिता रहेको थियो ।






पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले…
काठमाडौं, ९ मङ्सिर । साताको चौथो कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बढेर… 



