
काठमाडौं, १८ जेठ । सरकारले बजेटमा दूरसञ्चार सेवा शुल्क घटेको घोषणा गरेसँगै इन्टरनेट सेवा प्रदायकहरूले मूल्य सामान्य रूपमा घटाउने भएका छन ।
यद्यपी सरकारले घटाएको शुल्कले इन्टरनेटको मूल्यमा तात्विक फरक नपर्ने इन्टरनेट सेवा प्रदायक संघ (आइस्पान)ले जनाएको छ ।
‘सरकारले गरेको कर परिवर्तनले लगभग १७ रुपैयाँ मात्र कम हुन्छ,’ आइस्पानले भनेको छ, ‘यसले अहिलेको इन्टरनेट मूल्यमा तात्विक फरक पर्ने छैन ।’
अर्थमन्त्री जनार्दन शर्माले बजेटमार्फत दूरसञ्चार सेवा शुल्कमा ३ प्रतिशत घटाएको घोषणा गरेका थिए ।
जसअनुसार इन्टरनेटमा लाग्दै आएको १३ प्रतिशत दूरसञ्चार सेवा शुल्क १० प्रतिशतमा झारिएको थियो ।
१३ प्रतिशत सेवा शुल्कले उपभोक्ताले ६५ रुपैयाँ तिर्नु पर्दथ्यो तर अब भने यो शुल्क ५० रुपैयाँ हुने संघले जनाएको छ । यस हिसाबले हेर्दा इन्टरनेट शुल्कमा १६ रुपैयाँ ९५ पैसामात्र कमी आएको संघको भनाइ छ ।
यसबाहेक अन्य शुल्क भने यथावत रहेको छ । दूरसञ्चार सेवा शूल्कबाहेक हाल इन्टरनेट शुल्क भनेर ५०० र मर्मत सम्भार शुल्क ५ सय रुपैयाँ लाग्छ ।
बजेटले घोषणा गरेको छुटभन्दा अघि १ हजार २ सय ३ रुपैयाँ तिर्नुपर्नेमा ३ प्रतिशत घटेपछि १ हजार १ सय ८६ रुपैयाँ भएको संघले जनाएको छ ।








काठमाडौं, ५ मङ्सिर। नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणको फाइनलमाआज सुदूरपश्चिम रोयल्स र लुम्बिनी…
चितवन, ४ मङ्सिर । पृथ्वी राजमार्गको नागढुङ्गा-मुग्लिन सडकखण्डअन्तर्गत घोप्टेभीरमा लगातार सुक्खा पहिरो खस्न थालेपछि सवारी…
अन्ताल्या (टर्की), ४ मंसिर । जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन COP31 को अवसरमा नेपाल आदिवासी जनजाति… 




