
संयुक्त राष्ट्रसंघ, १८ जेठ । सुडानमा संकटकालको अन्त्य गरिएकामा संयुक्त राष्ट्रसंघले स्वागत गरेको छ । संयुक्त राष्ट्रसंघका प्रवक्ताले सो कार्यको स्वागत गरेका हुन् ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसका प्रवक्ता स्टेफान डुजारिकले सुडानका सैनिक प्रमुखले गरेको सकंकटकाल अन्त्यको घटनाको स्वागत गरेका हुन् । सुडानमा गत वर्ष सैन्य कू भएको थियो । सो घटनापछि विश्वका नेताहरुलाई सुडानलाई सैनिक शासनका अन्त्य गरी राजनीतिक निकासका लागि आग्रह गरिरहेका थिए ।
सुडानका लागि संयुक्त राष्ट्रसंघीय मिसनका प्रमुखले सुडानमा संकटकालको अन्त्यका लागि आग्रह गरे। सुडानका लागि संयुक्त राष्ट्रसंघीय मिसनका प्रमुख भोल्कर पेर्थस्ले सुडानमा हाल जारी रहेको संकटकालको अन्त्य गरेर यहाँको समस्या समाधानका लागि राजनीतिक निकास खोज्नुपर्ने बताए।
सुडानमा पछिल्ला केही दिनहरुमा राजनीतिक हिंसा भएको र यसबाट यहाँका नागरिकहरुमा असुरक्षा बढेको भन्दै सुडानका सबै पक्षले अहिलेको हिंसालाई अघि बढाएर नभई शान्तिपूर्ण रुपमा राजनीतिक निकास खोज्नुपर्नेमा संयुक्त राष्ट्रसंघको जोड रहेको छ । सुडानका सैन्य प्रमुख अब्देल फताह अल बुरानले यहाँ गएको वर्षदिन देखि जारी रहेको संकटकालीन अवस्थालाई आइतबारदेखि हटाएको घोषणा गरे।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




