
स्टकहोल्म, २० जेठ । बिहीबारदेखि यहाँ सुरु भएको संयुक्त राष्ट्रसंघीय वातावरणसम्बन्धी बैठकले स्वस्थ पृथ्वीका लागि तत्कालै सबै लाग्नुपर्ने आग्रह गरेको छ । सो बैठकमा विश्वमा वातावरण विग्रिँदै गएको र जलवायु परिवर्तनका कारण धेरै असरहरु देखिन थालेको भन्दै यसका लागि विश्वका देशहरु नै लाग्नुपर्ने बताइएको छ ।
बैठक विश्वमा देखिएको वातावरणीय नकारात्मक असरहरुलाई कम गर्नका लागि आवश्यक पर्ने कदममा केन्द्रित भएको बताइएको छ । ‘स्टकहोल्म प्लस ५० सबैका लागि र समृद्धिका लागि स्वस्थ पृथ्वी’ नाम दिइएको सो बैठकमा यस्तो पृथ्वी निर्माण गर्ने दायित्व सबैको भएकोमा चर्चा गरिएको छ । यसअघि सन् १९७२ मा मात्र स्वीडेनले संयुक्त राष्ट्रसंघीय वातावरणसम्बन्धी बैठकको आयोजना गरेको हो ।
पचास वर्षपछि आयोजना भएको यस बैठकमा अहिले विश्वमा झन् वातावरणीय विनास हुदै गएकाले बैठकको सान्दर्भिकता रहेको बताइएको थियो । विश्वमा विकासशील देशहरु यो वातावरणीय विनासमा झन् पीडित भएका पनि सो अवसरमा छलफल भएको बताइएको छ ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




