७० लाख लागतमा सेनाद्वारा निर्मित विद्यालय भवन हस्तान्तरण

-


     तस्बिर : प्रकाश अधिकारी, रासस    
     जेठ २० गते २०७९ मा प्रकाशित


कर्णाली, २० जेठ । नेपाली सेनाले सुर्खेतको गुर्भाकोट नगरपालिका १४ गुमीस्थित जनसंयुक्त आधारभूत विद्यालयको नवनिर्मित भवन हस्तान्तरण गरेकाे छ ।

नेपाली सेनाको पश्चिम कमाण्डपति उपरथी प्रेम शाहीले शुक्रबार सुर्खेतको गुर्भाकोट नगरपालिका १४ गुमीस्थित जनसंयुक्त आधारभूत विद्यालयको नवनिर्मित भवनको ‘नमुना आकृति’ विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरेका हुन । सेनाले ७० लाख लागतमा चार कोठे भवन निर्माण गरेको थियाे ।