यमनका विद्रोही र सरकारबीचको वार्ता सकारात्मक

-



     सफल आवाज    
     जेठ २४ गते २०७९ मा प्रकाशित



आडेन, २४ जेठ । यमनको सरकार र यहाँका हुथी विद्रोहीका बीचमा आइतबारबाट सुरु भएको दोस्रो चरणको वार्ता सकारात्मक रहेको समाचारमा जनाइएको छ ।

यमनका लागि संयुक्त राष्ट्रसंघका विशेष दूत हान्स ग्रुन्बर्गको विशेष उपस्थितिमा यहाँको ताइज भन्ने स्थानमा सुरु भएको यी दुई पक्षको वार्ता सकारात्मक रुपमा अघि बढेको बताइएको हो । यहाँको सरकार र हुथीहरुले पहिलो चरणमा गरेको वार्तामा केही प्रगति भएको बताइएको थियो । त्यसको केही समयपछि आइतबारबाट यो दोस्रो चरणको वार्ता सुरु भएको हो ।

यमनमा कैयाँै वर्षदेखि हिंसा जारी राखेका यहाँ हुथी विद्रोहीहरुका प्रतिनिधि र यमनी सरकारका प्रतिनिधिबीच सकारात्मक रुपमा वार्ता अघि बढेको बताइएको छ । यहाँ धेरै वर्षदेखि विद्रोह र हिंसा हँदै गएपछि यसको राजनीतिक समाधान निकाल्नुपर्नेमा जोड दिइएको थियो ।

सोही कारण संयुक्त राष्ट्रसंघका प्रतिनिधिको उपस्थितिमा यहाँकोे विद्रोहको राजनीतिक समाधान निकाल्नका लागि भन्दै यो वार्ता सुरु भएको हो ।