
संयुक्त राष्ट्रसङ्घ, २४ जेठ । संयुक्त राष्ट्रसङ्घीय महासचिव एन्टोनियो गुटर्रेसले नाइजेरियामा भएको बम हमलाको निन्दा गरेका छन् । उनले यस्तो जघन्य अपराध नगर्न भन्दै यस कार्यमा संलग्नहरुलाई कारबाही गर्न माग पनि गरे।
नाइजेरियाको दक्षिणपश्चिममा रहेको एक क्याथोलिक चर्चमा आइतबार भएको आक्रमणमा बन्दुकधारीहरुले बालबालिकासहित कम्तीमा २१ जनाको ज्यान लिएका थिए । सो हिंसाको अन्तर्राष्ट्रिय स्तरमा व्यापक निन्दा पनि भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।
महासचिव गुटर्रेसले एक विज्ञप्ति प्रकाशन गरेर यस्ता कार्य मानवीय अपराध भएको भन्दै आगामी दिनमा यस्ता हिंसात्मक कार्य कसैले पनि दोहो¥याउन नहुने बताए । नाइजेरियाको दक्षिणपश्चिममा अवस्थित ओवो शहरको सेन्ट फ्रान्सिस क्याथोलिक चर्चमा भएको सो रक्तपातमा त्यहाँको जिहादी समूहको हात रहेको बताइएको छ ।
सो समूहले पटक पटक सर्वसाधारणलाई समेत क्षति पुग्नेगरी आक्रमण गर्ने गरेको सरकारी अधिकारीहरूले बताएका छन् । यद्यपि आक्रमणको जिम्मेवारी कुनै समुहले लिएको छैन । सो चर्चमा उपस्थित सर्वसाधारणहरुमाथि हतियारधारी समूहले अन्धाधुन्ध गोली चलाउनु पहिले चर्चभित्र एउटा सानो विस्फोटको आवाज सुनिएको प्रत्यक्षदर्शीले बताएका छन् ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




