बीमा कम्पनीहरूको शेयर स्वामित्वमा नयाँ प्रावधान : मर्जरपछि ३० प्रतिशत शेयर सर्वसाधारणको हुनपर्ने

-


     सफल आवाज    
     असार ७ गते २०७९ मा प्रकाशित


काठमाडौं, ७ असार । बीमा समितिले बीमा कम्पनीहरूकाे सेयर मर्जरपछि ३० प्रतिशत सर्वसाधारणको हुनपर्ने भएको छ । बीमा कम्पनीहरूलाई मर्जर, गाभ्ने, गाभिने वा प्राप्ती गर्नका लागि शेयर स्वामित्व सम्वन्धमा नयाँ प्रावधान घोषणा गरेको हो ।

बीमा समितिको कानुन तथा नियामक महाशाखाले सम्पूर्ण बीमा कम्पनीहरूलाई परिपत्र जारी गर्दै अब मर्जर भएका बीमा कम्पनीहरूको न्युनतम ३० प्रतिशत शेयर सर्वसाधारणको हुनुपर्ने व्यवस्था गरेको छ ।

गाभ्ने, गाभिने वा प्राप्तीका लागि सैद्दान्तिक सहमति लिएका वा सैदान्तिक सहमति लिन इच्छुक कम्पनीहरूले कुल जारी पुँजीको कम्तीमा ३० प्रतिशत सर्वसाधारणको हुनेगरि निर्देशन जारी गरेको हो ।

गाभ्ने गाभिने प्रकृयापछि स्थापना हुने बीमा कम्पनीको बीमा कोष र अनिवार्य जगेडा कोषको अनुपात तोकिए अनुसार नै हुनुपर्ने छ । यो प्रावधानका कारण बीमा कम्पनीहरूले मर्जरको घोषणासँगै सैद्धान्तिक सहमति लिइ सकेपछि आफूखुशी मर्जर रद्ध गर्न नपाउने भएका छन् ।