
नैरोबी, १३ असार । अफ्रिकी युुनियनले स्पेन मोरक्को सीमामा मारिएकाहरुको छानबीनका लागि आयोग बनाउन माग गरेको छ । अफ्रिकी युनियन कमिसनका प्रमुखले सो माग गरेको समाचारमा जनाइएको छ ।
मोरक्कोबाट स्पेनका लागि सीमा क्षेत्र पार गर्ने क्रममा त्यहाँ उपस्थित भएका अफ्रिकी नागरिकहरुमाथि हिंसात्मक हमला भएको र मारिएका सो युनियनले जनाएको छ । अफ्रिकी युनियन कमिसनका प्रमुख मोउसा फाकी माहमतले सो माग गरेका हुन् । उनले हालैमात्र मोरक्कोको सीमा क्षेत्रबाट स्पेनतर्फ जाने क्रममा २३ जना अफ्रिकी नागरिकको ज्यान गएको भन्दै यसको छानबीन गर्नका लागि समिति गठन गर्न माग गरेका हुन् ।
सो सीमा क्षेत्रमा हालै भएको आक्रमणमा परेर २३ जनाको ज्यान गएको र ती व्यक्ति अफ्रिकी नागरिक रहेका जानकारी आएको थियो । मोरक्कोको नादोर भन्ने सीमा क्षेत्रमा हालै भएको सो हिंसामा परेर अरु दर्जनौँ आप्रबासी पनि घाइते भएका थिए । त्यस क्रममा करिब १४० जना प्रहरी पनि घाइते भएका थिए ।
अफ्रिकी नागरिक भएकै कारणले सो सीमा क्षेत्र पार गर्न नदिइएको र उनीहरुलाई बल प्रयोग गरेर लखेट्ने क्रममा भएको हिंसामा परेर २३ जनाको ज्यान नै गएको बताइएको छ ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




