विश्वभर कोभिड-१९ बाट ५४ कराेड ८८ लाख २५ हजार ९५५ जनामा सङ्क्रमण

-



     सफल आवाज    
     असार १९ गते २०७९ मा प्रकाशित



बेइजिङ, १९ असार । जोन्स हप्किन्स विश्वविद्यालयको सेन्टर फर सिस्टम्स साइन्स एण्ड इन्जिनियरिङले जुलाई ३ मा कोभिड-१९ बाट सबैभन्दा बढी प्रभावित देशहरूको नवीनतम अद्यावधिकहरू विवरण प्रकाशमा ल्याएकाे छ ।

विश्वभर ५४८,८२५,९५५ जना सङ्क्रमित भएका छन् । अमेरिकामा ८७,८३८,६२३ जना, भारतमा ४३,५०२,४२९ जना, ब्राजिलमा ३२,४७१,८४७ जना, फ्रान्समा ३१,४१०,३८३ जनामा सङ्क्रमण भएकाे छ ।

जर्मनीमा २८,३९२,६३० जना, बेलायतमा २२,९४१,३६० जना, इटालीअख १८, ६९५,९५४ जना, दक्षिण कोरियामा १८,३८९, ६११ जना र रुसमा १८,१६७, ६०३ जनामा सङ्क्रमण भएकाे पाइएकाे छ ।