बढ्याे आन्तरिक हवाइ सेवाकाे भाडा, कहाँकाे कति ?

-



     सफल आवाज    
     असार २३ गते २०७९ मा प्रकाशित


फाइल तस्बिर


काठमाडाैं, २३ असार । नेपालका निजि वायु सेवा कम्पनीहरुले आन्तरिक हवाइ सेवाकाे भाडा बढाएका छन्। पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएपछि नेपाल वायुसेवा सञ्चालक संघले हवाई भाडामा वृद्धि गरेको हाे।  

संघले नयाँ भाडादर काठमाडौंदेखि पोखराको लागि ८० रुपैयाँले बढाएर ६ हजार ९८५ रुपैयाँ, काठमाडौंदेखि भैरहवासम्मको १०० रुपैयाँले बढेर ८ हजार ६७५ रुपैयाँ पुर्याएकाे जनाएकाे छ ।

नेपालगञ्जको १६५ रुपैयाँले बढेर १३ हजार ९८० रुपैयाँ भएकाे छ । तुम्लिङटारसम्म ९५ रुपैयाँ बढेर ८ हजार २०५ रुपैयाँ र सिमराका लागि ४५ रुपैयाँले बढेर ४ हजार २४० रुपैयाँ पुगेकाे छ ।

काठमाडौंदेखि धनगढीसम्म २२० रुपैयाँले बढेर १७ हजार २५ रुपैयाँ र माउन्टेन फ्लाइटका लागि १७० रुपैयाँले बढेर १४ हजार ८९० रुपैयाँ पुगेकाे छ ।

काठमाडौंदेखि सुर्खेतका लागि १७० रुपैयाँले बढेर १४ हजार ९९५ रुपैयाँ भएकाे छ । काठमाडौंदेखि नै राजविराज रू १०० बढेर ८ हजार ७५५ रुपैयाँ भएकाे छ । काठमाडौंबाट जनकपुरका लागि ६५ रूपैयाँ बढेर ५ हजार ८६० रुपैयाँ ताेकिएकाे छ ।काठमाडौंदेखि भरतपुरका लागि ५५ रूपैयाँ बढेर ४ हजार ९९० रुपैयाँ पुगेकाे छ ।