दमस्कस, सिरियाका राष्ट्रपति ११ बर्षपछि अलेप्पोको भ्रमणमा दमस्कस, २५ असार (रासस÷सिन्ह्वा) – सिरियाका राष्ट्रपति बशर अल असदले ११ वर्षपछि अलेप्पोको भ्रमण गर्नु भएको छ ।
देशको आर्थिक तथा औद्योगिक केन्द्रको रुपमा रहेको अलेप्पोमा पछिल्लो ११ वर्षसम्म कुनै पनि राष्ट्रपतिले भ्रमण गरेको थिएन ।थर्मल प्लान्ट र पानी तान्ने मेसिनको उद्घाटनका लागि उहाँ अलेप्पो पुग्नु भएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् ।
देशको उत्तरी क्षेत्रमा पर्ने प्रमुख सहरको रुपमा रहेको अलेप्पोलाई रणनीतिक हिसाबले पनि महत्वपूर्ण मानिन्छ । सिरियाका विज्ञ, प्राविधिक र कामदारहरूले स्थानीय अनुभव र सहयोगका आधारमा थर्मल प्लान्ट र पानी तान्ने मेसिन निर्माण गरेका हुन ।
देशमा चलेको गृह युद्धका क्रममा त्यस क्षेत्रमा ठूला भिडन्त भएका थिए । द्वन्द्वका कारण काम समेत प्रभावित भएको थियो । अव भने त्यसलाई पूर्ण रुपमा सञ्चालन गर्न थालिएको छ ।








काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




