नेपाल लाइफ इन्स्योरेन्सको सीईओ प्रवीणरमण पराजुलीकाे पदबहाली

-



     सफल आवाज    
     श्रावण ५ गते २०७९ मा प्रकाशित



काठमाडौं, ५ साउन । नेपाल लाइफ इन्स्योरेन्सका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रवीण रमण पराजुलीले बुधबार पदभार ग्रहण गरेका छन् । बीमा समितिको स्वीकृतिपश्चात् कम्पनीले पराजुलीलाई ४ वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको थियो । 

कम्पनीको सञ्चालक समितिको ३४१ औं बैठकको निर्णय अनुसार उनले बुधबार देखिनै प्रमुख कार्यकारी अधिकृतको रुपमा पद बहाली गरेको कम्पनीका सूचना अधिकारी बिनोद कुमार भुजेलले सफलआवाजलाई जानकारी दिए।

उनले भने,  ‘बीमा समितिबाट बुधबार ढिलो पत्र आएको र पत्र पाएकै दिनदेखि पदबहाली हुने उल्लेख भएकाले बुधबार नै पदबहाली भएको हो।’ पराजुली यसअघि रिलायन्स लाइफ इन्स्योरेन्सँग आवद्ध रहेको पनि भुजेलले जानकारी दिएका छन।