अमेरिकी राष्ट्रपतिलाई कोरोना सङ्क्रमण

-



     सफल आवाज    
     श्रावण ६ गते २०७९ मा प्रकाशित



वाशिङ्टन, ६ साउन । अमेरिकी राष्ट्रपति जोसेफ बाइडेनलाई कारोना सङ्क्रमण भएको छ । राष्ट्रपति बाइडेनले सिँगान बग्ने, बेलाबेलामा सुक्खा खोकी लाग्ने र केही थकान महसुस गर्नेजस्ता कोभिड–१९ का हल्का लक्षण अनुभव गरेको र प्याक्सलोभिड र एन्टिभाइरल औषधि सेवन गर्न थालेका अमेरिकी समाचार संस्था एपीले जनाएको छ।

आफ्ना अमेरिकी समकक्षीमा कारोना भाइरसको सङ्क्रमण भएको जानकारी पाएपछि राष्ट्रपति सी चिनफिङले उनलाई सहानुभूतिको सन्देश पठाएका छन् । सन्देशमा चिनियाँ राष्ट्रपति सीले राष्ट्रपति बाइडेनप्रति हार्दिक सहानुभूति व्यक्त गर्दै उनको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

राष्ट्रपति बाइडेनले आफ्नो स्वास्थ्य ठीक रहेको तथा आफूप्रति दर्शाएको चासो र चिन्ताका निम्ति ट्विटरमार्फत धन्यवाद पनि ज्ञापन गरेका छन्।