
काठमाडौं, ७ साउन । माटो जोगाऔं (Save Soil) अभियानको सन्देश पुर्याउन ७५ दिने नेपालको मेचिकाली म्याराथन दौडमा निस्किएका पर्वतका यम बहादुर चोचाङ्गी (नबिन पुन मगर) ले १ हजार ७५४ किलोमिटर दौड पूरा गरेका छन् ।
उनले यस दौड अन्तर्गत ३५०० किलोमिटर म्याराथन दौड पूरा गर्ने बताए । पोखरामा म्याराथन दाैडकाे ४१ दिनमा स्थानिय सरकारका पदाधिकारीहरुसंग माटो जोगाऔं अभियानका बारेमा छलफल गरेर उनी मध्यपहाडी लोकमार्ग हुँदै शनिबार पश्चिमतिर लागेका छन् ।

काठमाडौंबाट शुरु भएको उनको म्याराथन दौड प्रदेश १, मधेश प्रदेश र बागमती पूरा गरेर पोखरा हुँदै पश्चिमतिर जारि रहेको छ । दौडमा उनले राप्ती, कर्णालीका जिल्ला हुँदै सुदूरपश्चिमका अछाम, डोटी, कैलाली हुँदै बाँके, बर्दिया, दाङ, कपिलवस्तु, बुटवल, नवलपरासी हुँदै पुन: काठमाडौं पुगेर समापन हुनेछ । त्यसपछि उनकाे दाेश्राे चरणकाे अभियान शुरू हुने उनले बताए। दाेश्राे चरण छलफल र वार्ता लगायतकाे हुनेछ ।
संय’क्त राष्ट्र संघको मरुभूमिकरण र खडेरी विरुद्ध संघर्ष अधिवेशनको तथ्यांक अनुसार हरेक सेकेण्डमा एक एकड अर्थात करिब ८ रोपनी वा ३२ कठ्ठा खेतीयोग्य माटो मरुभूमि बनिरहेको छ ।
माटोलाई जोगाउन नेपालभर जनचेतनामूलक तथा सामुदायीक चेतानामूलक कार्यक्रम गरिएको हो । यसले माटोको बिग्रदो अवस्था सुधारमा सहयोग पुर्याउने विश्वास लिइएको पुनले बताए । साथै यसले माटो जोगाउ विश्वव्यापी अभियान तयार छ भन्ने बारेमा जागरुक हुन प्रेरित गर्ने अपेक्षा रहेको छ ।
माटो बचाउन सरकारले आफ्ना नीति तथा कार्यक्रममा बजेटको व्यवस्था गर्नुपर्ने र त्यसलाई कार्यान्वयनमा लैजानु पर्ने खाँचो रहेको छ ।
पुनले यो मेचिकाली माटो जोगाऔं अभियानले वर्तमान तथा भविष्यको पुस्ताको लागि सुनौलो जीवन र खाद्य सुरक्षाको महत्वपूर्ण कदम चाल्न सक्षम बनाउने आशा गरिएको बताए । उनकाे म्याराथन दाैडकाे क्रममा उनलाइ निर्मल श्रेष्ठ लगायतका साथीहरूले फाेटाे, भिडियाे लगायतका काममा सघाएका छन् ।
माटो जोगाऔं दौडमा रहेका यम बहादुर चोचाङ्गी (नबिन पुन मगर) संग यसको आवस्यक्ता र महत्वको बारेमा सफल आवाजले गरेको कुराकानी तलकाे भिडियोमा हेरौं र सुनाैं।






प्योङयाङ, ९ मङ्सिर । उत्तर कोरियाले स्विट्जरल्यान्डको कूटनीतिक कार्यालय प्रमुख सिल्भेन एस्टियरलाई ४८ घण्टाभित्र देश…
जियुक्वान (चीन), ९ मङ्सिर । चीनले पहिलो पटक विदेशी अन्तरिक्ष यात्रीलाई समेत सहभागी गराउँदै बुधबार दुई…
वासिङ्टन, ९ मङ्सिर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले चीन र युरोपेली सङ्घ (इयु) सहित…
काठमाडौं, ९ मंसिर । चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो ४ महिनाकाे अवधिमा ८ लाख… 



